४ दल नै चुनावमा जान नचाहेको कमल थापाको आरोप

Read Time:2 Minute, 30 Second

संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली नेताहरुको दिल्ली दैोडाहप्रति लक्षित गर्दै ‘मध्य वर्खामा छाता ओढेर जनताको घरदैलोमा जानुपनमा लाम लागेर विदेश धाइरहेका छन् यो मुलुक र जनताका लागि बिडम्बना हो ।’ हेटौंडामा भएको  कार्यक्रममा थापाले भने, मुलुक अत्यन्त तरल अवस्थामा पुगेको तर मुलुक र जनताको वेवास्ता गर्दै आफ्नो दुनो सोझ्याउन पालैपाले दिल्ली धाउनु राम्रो संकेत नभएको उनको भनाई थियो । अध्यक्ष थापाले भने, ‘चार दलका नेता वैद्य पक्षको भावनालाई समेट्नुका साटो धम्कीपूर्ण भाषा बोल्दैछन् । बहिष्कार गर्नेलाई प्रतिकार गर्ने, वाइसीएल लगाउने, सेना प्रयोग गर्ने कार्य कानुनी राज्यको ठाडो उपहास हो ।”
चुनाव बिथोल्ने योजनासाथ मुलुकको सबै जिल्लामा युवा दस्ता बनाउँदै हिंडेको नेकपा–माओवादी र वाइसिएल प्रयोग गरी प्रतिकार गर्ने एमाओवादी दुवै गलत भएको थापाको कथन थियो। ‘चुनाब बिथोल्नु र शक्ति प्रयोग गरी दमन गर्नु उपयुक्ते हैन”, थापाले भने । वैद्य पक्षलाई समेटेर चुनावको उपयुक्त वातावरण बनाउनुको साटो ४  दलका नेताहरु नै धम्कीको भाषा बोलेर भड्काउने र चुनाव भाँड्ने बाटोमा अग्रसर रहेको थापाको आरोप थियो। थापाले वैद्यलाई दोष देखाएर चुनाव नगर्ने षड्यन्त्रमा ठूला दल लागेको आरोप लगाए ।

अध्यक्ष थापाले सबै राजनीतिक दलको सहभागिताबिना चुनावको सार्थकता नहुने बताए । बैद्य पक्षलाई चुनावमा समेट्न नसके चुनावै अधुरो हुने भन्दै  थापाले उर्पयुक्त वातावरण बनाउन राष्ट्रपति वा मन्त्रीरिषद अध्यक्ष लाग्नुपर्ने उल्लेख गरे ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %