मधेसी जनअधिकार फोरमले आफ्ना नेता कार्यकर्ताहरुको सुरक्षाको व्यवस्था मिलाउन सरकारसंग माग गरेको छ । शनिबार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर फोरम अध्यक्ष उपेन्द्र यादवले सुरक्षा माग गरेका हुन् । मुलुकमा सुरक्षा व्यवस्था राम्रो नभएको र देशका आम नागरिकले असुरक्षित महसुस गरिरहेको अवस्थामा सुरक्षाको प्रबन्ध मिलाउन उनले माग गरे ।
यादवले मधेसका मागप्रति सरकार गम्भीर नभएको आरोप पनि लगाए । साउन १० गते मधेसी जनअधिकार फोरम नेपालको महोत्तरी कार्यालयमा गोली प्रहार हुंदा फोरम नेपालका जिल्ला सदस्य प्रकाश शाह घाइते भएका थिए ।
जगन शर्मा
