मतदाता नामावली सच्याउने समय सकियो

Read Time:1 Minute, 23 Second

फोटोसहितको मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउने र ठेगाना परिवर्तन गर्ने समय आजबाट सकिएको छ ।
निर्वाचन आयोगले प्रकाशित नामावलीको विवरणमा त्रुटि भए वा दर्ताको समयमा उल्लेख गरेको स्थायी ठेगाना परिवर्तन भएको खण्डमा सच्याउनका लागि मंगलबारदेखि शनिवारसम्मको समय दिएको थियो । आयोग प्रवक्ता वीरबहादुर राईले निर्वाचन आयोग र नामावली टाँस भएका कार्यालय शनिबार पनि खुला रहेको थियो ।

मतदाता नामावलीमा नाम फेला नपरेको अवस्थामा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा सीधै निर्वाचन आयोगमा सम्पर्क गरी बुझ्न सकिने जानकारी आयोगले उपलब्ध गराएको थियो । यस्तै दर्ता भएको नाममा दाबी विरोध भए साउन १४ गतेसम्म आवश्यक प्रमाणसहित निवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा जनाइएको थियो । आयोगले असार महिनाभर संकलन गरेको मतदाता नामावलीमा १ करोड २३ लाख ८ हजार ३ सय १४ जनाले नाम लेखाएका छन् ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %