राजधानीको गुजुरधारामा ना २ ख ८८८० नम्बरको पानी ट्याकंरले गलत दिशाबाट आएर मोटर साइकललाई ठक्कर दिंदा मोटर साईकलमा सवार नुवाकोट बटरबजारकी सुनिता अमात्य र ३ वर्षीया बालिकाको मृत्यु भएको छ । उनी राजधानीबाट घर नुवाकोट फर्कदै थिईन । चालकको लापरबाहीका कारण दुर्घटना भएको मृतकको आफन्तले जनाएकाछन् । मोटरसाइकल चालक अजयराज अमात्य घाइते भएका छन् । उनको राजधानीकै बल्खुमा रहेको बयोदा अस्पतालमा उपचार भइरहेको छ । घटना भएको लामो समयसम्म पनि प्रहरीले दोषी उपर कारवाही नगरेको भन्दै ट्याकंर धनीलाई कारबाहीको माग गदै मृतकका आफन्तले कालीमाटी प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।
आनन्द गुरुङ, काठमाण्डु
