नेपाल प्रहरीका एक नायब उपरीक्षक (डीएसपी) तेजेन्द्र पौडेललाइ घूस लिंदालिंदै पक्राउ गरिएकोछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कलंकीमा ३५ हजार घूस लिईरहेका डीएसपी तेजेन्द्र पौडेललाई रङ्गेहात पक्रउ गरेको हो । अख्तियार प्रवक्ताा श्रीधर सापकोटाका अनुसार कबाडी सामानका व्यापारीबाट घूस लिईरहेका उनलाई समातिएको हो । कबाडी सामान काठमाडौंबाट उपत्यका बाहिर लैजाने क्रमममा पौडेलले घूस मागेका थिए । घुस माग्ने पछि व्यापारीले अख्तियारलाई खबर गरेका थिए ।
पौडेल प्रहरी पोसाकमै बाहिरबाट ज्याकेट लगाएर पैसा लिन पुगेका थिए । रङ्गेहात समातिएका डिएसपी पौडेललाई अख्तियार अनुसन्धान आयोगको हिरासतमा राखिएको छ । महानगरीय प्रहरी प्रभाग थानकोटमा ३ महिनादेखि कार्यरत उनको ६ दिनअघि निरीक्षकबाट नायब उपरीक्षकमा बढुवा भएका र बढुवापछि भरतपुर तालिमकेन्द्रमा पदस्थापन भएको थियो ।
आनन्द गुरुङ
घुस्याहा डीएसपी रंगेहात पक्राउ
Read Time:1 Minute, 25 Second
