चुनाव गराउन बनाइएको सरकारले त्यता गम्भीर रुपले लाग्नुको साटो दैनन्दिन कार्यमा भुलेर गर्नु गरेकोछ । हिंजो मात्र वन मन्त्रालयले १० जिल्ला वन अधिकारी (डीएफओ) को सरुवा गरेको छ । मन्त्रालयले वन तालिम केन्द्रका बाबुराम भण्डारीलाई रौतहट र दुर्लभ वन्यजन्तु बाघ लगायतका वन्यजन्तुका अंग कारोबार गर्ने गिरोहलाई बचाउ गरेको अभियोग लागेका नुवाकोटका डीएफओ प्रेम खनाललाई तालिम केन्द्र ल्याएको छ । नुवाकोटमा जुम्लाका भरतबाबु श्रेष्ठलाई पठाइएको छ ।
दाङमा डीएफआ अरुण शर्मा पौडेलले जागीरबाट अवकाश पाएपछि रिक्त दाङमा धनुषाका यादव धिताललाई पठाइएको छ भने चितवनका डीएफओ इन्द्रप्रसाद सापकोटालाई मन्त्रालय तानेर त्यहाँ धादिङबाट गणेश झाँलाई पठाइएको छ । बाँकेका तीर्थराज जोशीलाई वन विभाग तानेर त्यहाँ डोटीका जयमंगलप्रसाद गुप्तालाई पठाइएको छ । प्यूठानका पुष्राज बर्तौलालाई डोटी र वन विभागका हेमराज बिष्टलाई प्यूठान पठाइएको मन्त्रालयले जनाएको छ ।
आनन्द गुरुङ
फेरि दस डीएफओ सरुवा
Read Time:1 Minute, 34 Second
