संघीय समाजवादी पार्टी, नेपाल सम्बद्ध संघीय प्रेस यूनियनले सुनसरीमा गरेको जिल्ला स्तरीय पत्रकार भेलामा मुलधारका पत्रपत्रिकामा पहिचानका मुद्दा लेखिएपनि नछापिने गुनासो गरिएकोछ । भेलामा वरिष्ठ पत्रकार भवानी बरालले अहिलेको नेपाली राजनीतिको मुख्य मुद्धा पहिचान र संघीयता भएको बताउँँदै नेपालको सञ्चारमा संघीयताविरोधीहरुको पकड भएको र उनीहरुले त्यस्तै पार्टीहरुको इसारामा पत्रकारिता गरिरहेको हुँदा अब नेपालमा ‘वान कण्ट्री, मेनी भ्वाइस’को सञ्चार नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका थिए । सो भेलामा उपस्थित सुनसरी जिल्लाका कृयासिल पत्रकारहरुले आदिवासी जनजाति र संघियताको मुद्दाको विषयमा कलम चलाए पनि मुलधारका ठुला संचारमाध्यमहरुले स्थान नदिएको वताएकाहुन् । संघिय समाजवादी पार्टी नेपालका केन्द्रिय निर्वाचन समिति सचिव तथा पूर्व धरान नगरपालिकाका मेयर ध्यानबहादुर राईको उपस्थितिमा भएको सो भेलाले संघीय प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष गोपाल देवानको संयोजकत्वमा सुनसरी भेला आयोजक समिति गठन गरेको छ । समितिमा यूनियनका केन्द्रिय सदस्य भोला श्रेष्ठ सहसंयोजक सदस्यहरु रिमेश श्रेष्ठ, सन्दीप राई र विना तामाङ रहेका छन् । भेलामा सुनसरीका पत्रकार, विभिन्न एफएम सम्बद्ध पत्रकारिता पेशामा आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संसपाका सुनसरी अध्यक्ष गजेन्द्र इस्वोको अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न सञ्चारकर्मी पत्रकारहरुले पनि आ–आफ्नो विचार व्यक्त गरेका थिए । मुद्धालाई बोकेर हिँडेमा त्यसैले आफ्नो सुरक्षा गर्ने उनीहरुले बताएका थिए ।
भैरब आङ्ला, धरान
