तलब माग्दा लात पाउने पत्रकार

Read Time:2 Minute, 10 Second

नेपालको सर्वश्रेष्ठ न्युज च्यानल भएको दाबी गर्ने एभिन्युज टेलिभिजनमा आफुले काम गरेको तलब माग्दा एक पत्रकार कुटिएका छन् । काम गरेको ६ महिनासम्म पनि तलव नपाएपछि पारिश्रमिक माग्दा पत्रकार नविन ढुंगाना कुटिएका हुन् । समाचार शाखामा काम गरिरहेका बेला टिभिका अध्यक्ष भाष्करराज राजकर्णीकारले अभद्र गाली गर्दै आफुमाथी हात पात गरेको ढुंगानाले बताए ।
अध्यक्ष कर्णिकारले उनी संगै पत्रकार ज्योती शाहमाथी पनि दुव्र्यवहार गरेका छन् । नेपाली मिडियामा समयमा तलव नदिने परम्पराको सुरुवात गर्ने मिडिया मालिकका रुपमा राजकर्णीकारलाई चिन्ने गरिन्छ । पत्रकारमाथीको आक्रमणको विषयलाई लिएर संचार सम्बद्ध विभिन्न संघसंस्थाले भत्र्सना गरेका छन् । फ्रिडम फोरमले विज्ञप्ती जारी गर्दै श्रमजिवि पत्रकार माथीको आक्रमण सिंगो प्रेस जगतमाथीको आक्रमण भएको भन्दै दोषीमाथी कारबाहीको माग गरिएको छ ।

कुटिएका पत्रकार ढुंगाना र शाहलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । विहानी सिफ्टमा काम गर्दै आएका ढुंगेल कार्यालय आइपुग्दा गेटबाट पालेले माथीको आदेश भन्दै भित्र छिर्न नदिएको ढुंगानाले बताए । विना कारण आक्रमण गर्ने र कार्यालय प्रवेशमा रोक लगाउने मिडिया मालिकको प्रवृत्तीले राजकर्णिकार नांगिएका छन् । नेपाल उद्योग वाण्ज्यि महासंघका उपाध्यक्ष समेत रहेका कर्णिकारले भने घटनाबारे केही बताएका छैनन् ।

 जगन शर्मा, काठमाण्डु

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %