विद्यालय हिडेका एक बालक विहान विराटनगरको ब्यस्त बजारबाट अपहरणमा परेका छन ।
विराटनगर १३ स्थित अर्किड बोर्डिङको होष्टलबाट विहान साढे नौ बजे विद्यालय हिडेका सप्तरी राजविराज १३ का विष्णु साह अपरणमा परेका हुन । बालक साहलाई अपहरणकारीले नम्बर खुल्न नसकेको मारुती भ्यानमा हालेर दक्षिण तिर लगेको प्रहरी जनाएको छ । बालक अपहरणमा परेको खबर थाहापाए लगतै प्रहरीले खोजतलास सुरु गरेपनि केही पत्ता लाग्न नसकेको मोरङ प्रहरीले जनाएको छ । साहलाई अपहरणकारीले भारततिर लान सक्ने भन्दै प्रहरीले सिमा क्षेत्रमा निगरानी वढाएको छ ।
भैरब आङ्ला, धरान
