गोविन्द घर्ति देवदह साउन ५, रुपन्देहीको खैरेनी धकधई सडक खण्डमा पर्ने केरवानी ८ र ९ जोड्ने कल्र्भट भत्किदा आवत जावतमा स्थानीयवासी समस्या भोग्न वाध्य भएका छन् । कल्र्भट भासिएर हिड्न नमिल्ने अस्था हुदाँसम्म खैरेनी, ६ नम्वर र धकधई चल्ने सवारी साधनहरु जवरजस्ती चलिरहेका छन् । यसले गर्दा कुनै पनि बेलामा दुर्घटना हुन सक्ने स्थानीयवासीको भनाई रहेको छ । बाटोको जोखिम अवस्थाको वारेमा गाविस, यातायात व्यवसायी समिति र जिल्ला विकास समितिलाई जानकारी गराउदा समेत कुनै वास्ता नगरेको केरवानी–९, सिगाहा निवासी चण्डीप्रसाद भट्टराईको भनाई रहेको छ । सवारी साधनलाई बैकल्पिक बाटो भएर चलाउन सुझाव दिदा समेत जोखिमयुक्त बाटोबाट नै सवारी साधन चलाई रहेको भट्टराईको भनाई रहेको छ । बाटो अत्यन्त जोखिम पुर्ण भएपछि खतराको संकेतको लागि आफुले रातो झण्डा गाडेको भए पनि त्यसप्रति कसैले वास्ता नगरेको भट्टराईले बताए । अत्यन्तै जोखिम पुर्ण बाटो भएपनि वाध्यताले सवारी साधन चलाउनु परेको जिप चालक डोल बहादुर मल्लको भनाई रहेको छ । जोखिम पुर्ण बाटोमा सवारी साधन चलाउनु परेको र सम्वन्धित निकायलाई भन्दा पनि बाटो मर्मत कार्य नगरेको मल्लले बताउए । जिल्ला विकास समितिले सडक दस्तुर लिए पनि बाटोको मर्मत संभार नहुदा समस्याहरु थपिदै गएको बुटवल यातायात व्यवसायी समितिका सदस्य वालकुमार यादवको भनाई रहेको छ । जिल्ला विकास समिति रुपन्देहीमा पटक पटक डेलीगेशन जादा समेत कुनै सुनुवाई नभएको यादवले बताए । क्षतिग्रष्त कल्र्भटको तत्काल मर्मत नभएमा बाटो बन्द गर्नु पर्ने समाजसेवी नमराजपुरीले बताउए । जिल्ला विकास समितिलाई ताकेता गर्दा समेत काम नभएकोले बाटो बन्दको विकल्प नभएको पुरीको भनाई रहेको छ । त्यसैगरी केरवानी गाविसका सचिव टेकराज भट्टराई कल्र्भट मर्मतको लागि आफुले जिल्ला विकास समिति रुपन्देहीलाई मौखिक जानकारी गराई सकेको बताए । कल्र्भट मर्मतको लागि तत्काल काम अगाडि बढाउने जिविसले आश्वासन दिएको सचिव भट्टराईले भनाइ थियो । दैनिक सयौ सवारी साधन चल्ने बाटोको कल्र्भट समयमै मर्मत नगर्ने हो भने ठुलो दुर्घटना हुन सक्ने भएकाले यसतर्फ सम्वन्धीत निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।
गोबिन्द घर्ती
