गैरदलीय सरकारको दललाई पोस्ने बजेट

Read Time:4 Minute, 57 Second

सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७०/७१ सालको बजेट सम्बन्धमा पोखरामा गरिएको एक कार्यक्रममा बजेटलाई राम्रो स्कोर दिइएकोछैन । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारले ल्याएको बजेट नीजि क्षेत्र मैत्री भएको बताए । पोखरामा रहेका तालको संरक्षण, क्षेत्रिय अन्तरािष्ट्रय बिमानस्थल निर्माण लगायत करको दायरा फराकिलो पार्ने यो बजेटको सकारात्मक पक्ष भएको मुल्मीले बताए । ‘यो बर्ष पनि निजि क्षेत्रबाट ठुलो लगानीको आशा गर्न सकिन्न ’ उनले भने ‘ प्रतिफलको आशा नगरी लगानी गरिन्न , लागत बृद्धिको कारणले लगानी गर्न सक्ने अबस्था छैन । ’ चुनावी सरकारले ल्याएको बजेटले सवै क्षेत्रलाई समेटेको भएपनि कार्यान्वयनमा चुनौती रहेको मुल्मीले बताए ।
पुर्व अध्यक्ष मुल्मीले साढे पाचँ प्रतिशतको आर्थिक बृद्धि दर गर्न चुनौती रहेको बताए ।  ३ देखि ४ प्रतिशतको आर्थिक बृद्धिदरको  अपेक्षा गर्न सकिने उनको भनाई थियो । गैर राजनीतिक ब्यक्तिहरुको सरकार भएपनि पार्टी विशेषको आधार र सिमित स्वार्थमा बजेट आएको बताए ।
 नेपाल उद्योग बाणिज्य महासंघका क्षेत्रिय समिति अध्यक्ष सुर्य मरासिनीले नीजि क्षेत्र मैत्री रहेको बताए । बजेट ल्याउनु ठूलो हैन् उनले कार्यान्वयन ठूलो भएको बताए ।’ उनले बजेटले विकासका लागी गन्तब्य तय गर्न नसकेको बताउदै बजेट कार्यान्वयन गर्न सके समुन्नत नेपाल निर्माण हुने बताए ।

लेखनाथ उद्योग बाणिज्य संघका महासचिव बाबुराम गिरीले समयमै नियमित बजेट आएकोमा स्वागत गदै नियमित बजेट नआउदाँ जर्जर बनेको अर्थतन्त्रमा अमृत दिएको महसुस भएको बताए । बजेटले पक्षपाती भएको बताउदै सत्ता केन्द्रीत ब्यक्तिको पहुचको आधारमा बजेट ल्याइएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष सुर्यबहादुर भुजेलले समयमै पूर्ण बजेट आएकोमा खुशी ब्यक्त गदै बजेट कार्यान्वयनमा शंका ब्यक्त गरे । उनले बजेट कार्यान्वयन गर्न सके अर्थतन्त्रमा महत्वपूर्ण हुने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पश्चिमाञ्चल क्षेत्रिय संयोजक धर्मराज अधिकारीले बजेटले यातायातको ए पनि उच्चारण नगरेको बताउदै मौद्धिक नितिमा भएपनि निजि कारलाई बैंकले दिन र सावजनीक यातायातका लागि दिइने व्यजदरमा समानता नभएको बताए ।
आन्तरीक राजस्व कार्यालय पोखराका कर अधिकृत लक्ष्मण बस्नेतले ५ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य पुरा हुने बताए । उनले करका दायरा बृद्धि भएकोले लक्ष्य भन्दा बढि राजस्व संकलन हुने दावी समेत गरे ।
कार्यक्रममा पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष कुबेर श्रेष्ठ, पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरी शर्मा, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सञ्जिब बहादुर कोईराला, तनहु उद्योग बाणिज्य संघका अध्यक्ष देब कुमार श्रेष्ठ, गोर्खा उद्योग बाणिज्य संघका अध्यक्ष भगत बाबु श्रेष्ठ, बाग्लुङ उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त श्रेष्ठ, टान पश्चिमाञ्चलका क्षेत्रिय संघ पोखराका अध्यक्ष नारायण सापकोटा, रेवान पोखराका अध्यक्ष गोपि भट्टराई लगाएतले बजेटको कार्यन्वयन पक्षलाई जोड दिन सरकारलाई सुझाब दिए ।

मनोज घर्ती मगर, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %