तमु आमाहरु उद्घोषण सिक्दै

Read Time:1 Minute, 42 Second

तमु धिं नेपालको आयोजनामा विहिवारदेखि पोखरा ९ नयाँबजार स्थित तमु धिं नेपालको सभाहलमा तमु आमाहरुका लागि उद्घोषण कला तालिम शुरु भएको छ ।
तालिमको पहिलो दिन रेडियो अन्नपुर्णका वरिष्ठ प्रस्तोता तथा कास्की आवाज राष्ट्रिय दैनिकका अध्यक्ष सरस्वती गुरुङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष तथा कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङले उद्घोषकलाको विविध जानकारी गराए ।
तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आमा समितिका सचिव देवी गुरुङ, सोंपाल तमु समाजका अध्यक्ष क्याप्टेन धनबहादुर गुरुङ, आमा समितिका कोषाध्यक्ष पवित्रा गुरुङ लगायतले कार्यक्रमको आवाश्यकता, महत्व र प्रभावकारीताका बारेमा चर्चा गरे ।
कार्यक्रममा देवी गुरुङ, जयादेवि गुरुङ लगायतले गीत प्रस्तुत गरेका थिए । तालिममा करिब दुई सय तमु आमाहरुको सहभागीता रहेको छ ।
तमु धिं नेपाल अन्र्तगत गठित आमा समितिले तमु आमाहरुको क्षमता अभिवृद्धिका लागि तिनदिने उद्घोषण कला तालिमको माग अनुसार उक्त तालिम आयोजना गरिएको हो ।  
मनोज घर्ती मगर, पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %