संखुवासभामा सरकारी औंषधिं पुग्दैन

Read Time:2 Minute, 25 Second

निःशुल्क स्वास्थ्य सेवाका लागि नेपाल सरकारले प्रदान गर्दै आएको निःशुल्क औषधी संखुवासभा जिल्लाबासीले नपाएको गुनासो गरेका छन् । जिल्लाको नुम,ताम्कु,याफु,तामाफोक,नुनढाकी,वाला,सिसुवा,मकालु,चेपुवा,हटिया,पावाखोला,किमाथाङका लगायत ३३ गाबिसबासीले आफुहरुले पाउने निशुल्क औषधी बर्षौ देखि नपाएको र सामान्य सिटामल समेत खरिद गर्नु परेको गुनासो गरेकाछन । जिल्ला अस्पतालबाट ४०, स्वास्थ्य चौकीबाट ३२ र उपस्वास्थ्य चौकीबाट २५ प्रकारका औषधि निःशुल्क वितरण गर्नुपर्ने सरकारी नियम रहे पनि अधिकांश स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीले निशुल्क औषधी बितरण नगर्ने गरेको सेवाग्राहीहरुको आरोप छ । स्वास्थ्य संस्था नजिकै स्वास्थ्य संस्थाका प्रमुखले नै औषधी पसल राख्ने र खरिदका लागि पठाउने गरेको जलजला गाबिस–२ का पेमाछिरी शेर्पाले बताए । स्खुवासभामा रहेका १ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, २१ स्वास्थ्य चौकी र १५ उपस्वास्थ्य चौकी रहेका छन् । जसमा केही संस्थामा मात्र छिटफुट औषधी वितरण गर्ने गरेको र त्यो पनि पुरा औषधी बितरण नगरेको पाइएको छ । गाउँगाउँका स्वास्थ्य संस्थाको अनुगमन आजसम्म नगरेको र कति औषधी निशुल्क पाउने भन्ने समेत स्थानीयबासीहरुलाई थाहा नभएका कारण यस्तो समस्या आएको याफु गाबिसका अग्रज इन्द्रहाङ राईले बताए । जिल्ला जनस्वास्थ्य कार्यालयले भने जिल्लाबाट औषधी निरन्तर पठाएको र यस्तो नभएको दाबी गरेको छ । जिल्लाबासीले यसका लागि प्रशासनले कडाइका साथ अनुगमन गर्नु पर्ने माग गरेकाछन् । भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %