भोजपुरे भट्टराई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि

Read Time:1 Minute, 43 Second

राष्ट्रपति रामवरण यादवले संयुक्त राष्ट्रसघका लागि नेपालको स्थायी प्रतिनिधिमा परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई नियुक्त गरेका छन्। । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति  यादवले भोजपुरको सिद्धेश्वर गाविस–३ दावाँ निवासी दुर्गाप्रसाद भट्टराईलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएकोछ । उक्त पद विगत एक वर्ष देखि रिक्त थियो।
नवनियुक्त स्थायी प्रतिनिधि यसअघि परराष्ट्र सचिव थिए । मन्त्रिपरिषद्को हिजो राति बसेको आकस्मिक बैठकले  भट्टराईलाई उक्त  पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । परराष्ट्र सचिवको जिम्मेवारी सम्हाल्नुअघि उनी श्रीलङ्कका लागि नेपाली राजदूत थिए भने त्यसअघि उनले राष्ट्रसंघका लागि न्यूयोर्कस्थित नेपाली नियोगमा नायव स्थायी प्रतिनिधिका रुपमा सेवा गरेका थिए ।
२०४३ सालमा निजामती सेवामा शाखा अधिकृतका रुपमा प्रवेश गरेका उनले खुला प्रतिस्पर्धाबाट परराष्ट्र सेवाको सहसचिवमा २०५४ सालदेखि कूटनीतिक जीवन प्रारम्भ गरेका थिए।
-आनन्द गुरुङ,काठमाण्डु

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %