मेरो बस्त्र लुछ्नेहरुलाई जेलमा कोच’

Read Time:2 Minute, 37 Second

१० दिन अघिदेखि बलात्कारको घटनामा उपचारार्थ अस्पतालमा भर्ना गरिएकी दाङ गोलटापुरकी १७ वर्षिया किशोरीको थप उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगन्ज ल्याउने क्रममा आज यहांस्थित सरोकारवालाहरु संग न्यायको पहल गर्दै उनका आफन्तले भेटघाट गरेको छ ।

दाङ, घोराही स्थित महेन्द्र उपक्षेत्रीय अस्पतालमा गम्भीरतापूर्वक स्वास्थ्य उपचार नगरिएको भन्दै पीडित परिवारले किशोरीलाई हिजो नेपालगन्ज ल्याएकोछ । गत असार २१ गते सांझ एसएलसी पुरक परिक्षाको तयारीका लागि अध्ययन गरेर तुल्सीपुरबाट घर फर्कदै गरेकी किशोरी बाटोमा बलात्कारको शिकार बनेकी थिईन ।

पीडित परिवारका अनुसार राती ११ बजे उढहरी र ढकानाको बीच जंगलमा निवस्त्र फेला परेकी किशोरी अहिलेसम्म पूर्ण रुपमा चेतमा आएकी छैनन् । राम्रो संग हिड्न र बोल्न सक्ने अवस्था अझै बनेको छैन उनको उपचारमा खटिएकी आफन्तले आज पत्रकार सम्मेलनमा जानकारी दिए । आफन्तले पीडक पक्षको मानसिक दवावका कारण असुरक्षित भएको गुनासो पनि गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उनका आफन्तले असुरक्षाको अवस्था र विरामीको राम्रो उपचार नभएपछि नेपालगन्ज ल्याउन बाध्य भएको बताए । आफन्त हुमलाल खड्काले भने अस्पतालले नेपालगन्ज उपचारकालागि लैजान रेफर समेत नगरेको गुनासो पोखे । अस्पतालले पनि पीडित पक्षतर्फ न्याय नगरेको बताए ।

अर्ध चेतमा रहेका पीडित किशोरी उपाचारका लागि नेपालगन्ज आउंदा आज पत्रकार सम्मेलनमा उनले आफू माथि भएको घटनाको बारेमा बताउंदै अपराधीलाई कडा भन्दा कडा सजायँ दिनु पर्ने बताईन । उनले भनिन्, आज ममाथि यस्तो घटना घटेको छ भोलि जोकोही लाई पनि पर्न सक्छ ।

न्यायकालागि किशोरीका आफन्त नेपालगन्ज आए लगत्तै आज एडभोकेशी फोरमको आयोजनामा पत्रकार सम्मेलन गरिएको हो ।

दीपा आले, नेपालगन्ज

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %