ट्राफिक प्रहरीको पछिल्लो प्रतिवेदनअनुसार उपत्यकामा हुने ८० प्रतिशत सवारी दुर्घटना चालक र बाटो काट्ने बटुवाका लापरबाहीका कारण हुने गरेका छन् । त्यसमा पनि अधिकांश दुर्घटना सवारी नियम मिचिएका कारण हुने गरेका छन् । त्यसरी लापरबाही रूपमा सवारी चलाउने र नियम मिच्नेहरू अधिकांश नक्कली लाइसेन्सधारीहरू छन् । यही सत्यलाई मनन् गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सवारी चेकजांचलाई तीव्र पारेको छ । त्यसैले यतिखेर चोकचोकमा नीला पोशाकका प्रहरी छापिएकाछन् ।

ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र चेकजांचमा कडाई गरेसंगै लाइसेन्स नभएका वा नक्कली लाइसेन्स लिएर सवारी चलाउंदै आएकाहरू धमाधम पक्राउ पर्न थालेका छन् । राम्ररी सवारी साधन चलाउन नआएपनि नक्कली लाइसेन्स लिएर सवारी साधन चलाउनेहरूका कारण दुर्घटना बढेको ठहरपछि ट्राफिक प्रहरीले लाइसेन्स चेकिङलाई तीव्रता दिएको हो ।
पछिल्लो समयमा अधिकांश दुर्घटना लाइसेन्स नभएका वा नक्कली लाइसेन्स भएकाहरूका कारण भएको निष्कर्षपछि ट्राफिक प्रहरीले चेकजा“च तीव्र बनाएको हो । आइतबारबाट सुरु गरिएको विशेष चेकजांचका क्रममा ट्राफिक प्रहरीले सोमबारसम्ममा तीन हजार बढी सवारी साधन नियन्त्रणमा लिएको छ । त्यसमध्ये अधिकांशसंग सवारी चालक अनुमतिपत्र थिएनन् । त्यस्तै केही सवारी नियम मिचेर चलाउनेहरू पनि थिए । ट्राफिक प्रहरीले बिहानैबाट उपत्यकाको विभिन्न स्थानमा चेकजांच गर्ने गरेको छ । सबैभन्दा बढी दुर्घटना गराउने र नियम मिच्नेहरू स्कुटर तथा मोटरसाइकल चालकहरू छन् । त्यसैले ट्राफिक प्रहरीले पनि तिनीहरूमाथि नै कडा निगरानी गर्ने गरेको छ । अहिलेसम्मको चेकजांचमा बढीजसो युवतीहरूले नै सवारी नियम तोड्ने गरेको र सवारी चालक अनुमतिपत्र नलिइकनै सवारी चलाउने गरेको भेटिएको छ ।
चालक अनुमतिपत्र नलिई सवारी चलाउनु कानुनी बर्जित मात्र छैन, दण्डनीय पनि छ । तर लाइसेन्स नलिई वा नक्कली लाइसेन्स लिएर सवारी चलाउनेहरू पनि प्रशस्तै छन् । जसका कारण सवारी दुर्घटनाको संख्या बढीरहेको छ ।
आनन्द गुरुङ,काठमाण्डु
