दुर्घटनामा ८ को मृत्यु : बर्षा र लापरवाही दुर्घटनाका कारण

Read Time:2 Minute, 54 Second

धादिङ, सिरहा र दैलखमा भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । अरु २६ जना घाइते भएका छन् ।
अर्घाखा“चीबाट काठमाडौ तर्फ  आउदै गरेको रात्रीबस पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे–४ सात किलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये अर्घाखाची नरपानेका २० वर्षीय पुरन बुढाथोकीको मात्र सनाखत भएको छ । मृतक अर्का एक महिला र एक पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् ।
घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौं पठाएकाछन् । अर्घाखाचीबाट काठमाडौ आउदै गरेको लु १ ख ७३३३ नम्बरको बस बिहान ५ बजेतिर सडकबाट चिप्लिएर दुर्घटना भएको हो । उता पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तीर्थाटनका लागि महोत्तरीको परोलतर्फ जादै गरेको ना ४ ख ४७४३ नम्बरको ट्रयाक्टर कर्जन्हा–८ मा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा इटाटार–४ की ४० वर्षीया रामसतीदेवी यादव, इटाटार–३ का ३५ वर्षीय मुकेशकुमार यादव र जिझौल–३ की ३२ वर्षीया गुलावदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अरु ११ जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । ट्याक्टरमा करिब ३५ जना यात्रु थिए । स्थानीय प्रशासनले सामान ढुवानी गर्ने ट्रयाक्टरमा यात्रा गर्न रोक लगाएको भए पनि तराई त्यसको पालना नहुँदा पटकपटक दुर्घटना हुने गरेको छ । उता दैलेखमा खोलाले बगाउदा एक युवक र एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सल्लेरी गाविस–४ का १९ वर्षीय प्रेमबहादुर चन्द र बीलमाया बस्नेत रहेको प्रहरीले जनाएको छ । सदरमुकाम खलंगा जादै गरेका उनीहरुलाई आज बिहान स्थानीय तामे खोलाले बगाएको थियो । इलाका प्रहरी कार्यालय नौमुलेको प्रहरी टोलीले करिब २ सय मिटर तल शव फेला पारेको थियो ।

आनन्द गुरुङ, काठमाण्डु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %