उच्चस्तरीय राजनीतिक समितिले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई आज बिहान बालुवाटारमा भेट गरी समितिमा रहेका मुख्य चार दलका शीर्ष नेताले चुनावी सरकारले दीर्घकालीन महत्वका विषयमा निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै समिति संयोजक एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफूहरुस“गको परामर्शबिना दुरगामी महत्वका निर्णय गरेकामा अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराइएको बताए ।
इलामको पशुपतिनगर र लुम्बिनीमा सुरक्षा चेकपोस्ट राख्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण गर्ने सम्बन्धमा सरकारले गरेको निर्णयप्रति दलहरूले आपत्ति जनाएका छन् । जवाफमा अध्यक्ष रेग्मीले चेकपोष्ट राख्ने सम्बन्धमा भारतीय पक्षले प्रस्ताव राखेपनि सरकारले नीतिगत निर्णय नगरेको बताएको गच्छदारको भनाइ थियो ।
भेटमा निर्वाचन प्रक्रियाप्रति असहमत दलसग गर्ने वार्ताका विषयमा समेत कुराकानी भएको नेताहरुले बताएकाछन् । भेटमा कानुनी अड्चनका कारण काम गर्न अप्ठेरो भन्ने क्षेत्र निर्धारण आयोगका पदाधिकारीको गुनासोका बारेमा समेत कुराकानी भएको गच्छदारले बताए । आइतबार निर्वाचन क्षेत्र निधारण आयोगले हाल रहेको २ सय ४० निर्वाचन सिटमा प्रत्यक्ष तर्फ २५ सिट थप्नु पर्ने सुझाव दिएको थियो । यसैबीच निर्वाचन प्रक्रियाको विरोधमा रहेका असन्तुष्ट दलहरुसग गर्ने वार्ताबारे छलफल गर्न उच्च्स्तरीय राजनीतिक समितिको बैठक आज पुनः बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित समिति कार्यालयमा बस्ने नेताहरुले बताएका छन् ।
आनन्द गुरुङ
