नेपालको हातबाट फुत्कियो भलिबल

Read Time:2 Minute, 12 Second

राजधानीमा जारी प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगिामा नेपाल फाइनलमा पुग्न असफल भएको छ ।
लिग चरणको अन्तिम खेलमा माल्दिभ्ससंग ३–० को सोझो सेटमा पराजित भएपछि नेपालले फाइनलमा स्थान बनाउन असफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा आइतबार भएको खेलमा नेपालले पहिलो सेट २२–२५ ले गुमाउदै खराब सुरुवात गर्यो । फाइनलमा पुग्न जित हात पार्ने दबाबमा रहेको नेपालले दोस्रो सेट पनि २५–१६ ले गुमायो । दोस्रो सेट पनि गुमााएपछि नेपालले दबाबकोबीच तेस्रो सेट खेलेको थियो । तेस्रो सेटमा पनि नेपाली खेलाडीहरुबीच तालमेल मिल्न सकेन । तेस्रो सेटमा नेपाल २५–१९ ले पराजित भएपछि खेल माल्दिभ्सले ३–० को सोझो सेटमा जित्न सफल भयो ।
जितपछि दुई खेलमा जित हात पारेको माल्दिभ्स्ले फाइनलमा स्थान पक्का गर्यो । यसअघि पहिलो खेलमा श्रीलंकास“ग पराजित भएको माल्दिभ्स्ले दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । अब उपाधिको लागि माल्दिभ्स्ले तीन खेलमा जित हात पारेको श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ । श्रीलंकाले आइतबार भएको पहिलो खेलमा अफगानिस्तानलाई २५–२०, २५–२२ र २५ –१३ को सोझो सेटमा पराजित गर्यो । नेपालले तेस्रो स्थानको लागि आफगानिस्तासंग प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि उद्घाटन खेलमा अफगानिस्तानलाई हराएको थियो भने दोस्रो खेलमा श्रीलंकासंग पराजित भएको थियो ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %