धरान वाढीबाट भएको असर,जोखिम र सम्भाब्यता अध्ययन गर्न सरकारले गठन गरेको टोलीले मोरङमा स्थलगत अध्ययन गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम लुइटेलसहित केन्द्रीय दैवी प्रकोप उद्धार समितिको टोलीले मोरंङको वाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो । पुर्वी तराइका जिल्लामा हालै आएको वाढीले पुर्याएको असरको विषयमा स्थलगत अध्ययन अनुगमन गरी प्रतिवेदन तयार पार्नका लागी सरकारले गठन गरेको समितिले मोरङको वाढी प्रभावित स्थानहरु रंङगेली , वरडङ्गा, इटहरा , गोविन्दपुर लगायतका गाविसमा आज अनुगमन गरेको छ ।
भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालयका सह–सचिव गोपाल सिग्देलको संयोकत्वमा आएको ९ जनाको टोलीले वाढी प्रभावित स्थानमा पुगेर वाढी पीडितहरुको अबस्थावारे जानकारी लियो । वाढी पीडित तथा प्रभावित क्षेत्रको दिर्घकालिन समाधानका लागी प्रतिवेदन तयार गर्न सरकारले सो समिति गठन गरेको हो । टोलीमा परराष्ट्र तथा गृह मन्त्रालयका उप–सचिव तथा प्रहरी उपरिक्षकको सहभागिता रहेको छ । वाढी प्रभावित क्षेत्रको दिर्घकालिन समाधानका लागी टोलीले सात दिनभित्र सरकारलाइ प्रतिवेदन वुझाउने भएको छ । टोलीले मोरङ , सुनसरी , सिराहा , सप्तरी र झापा जिल्लाको वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्ने बताइएको छ ।
बाढीले धनजनको क्षति पुर्याउन अझै छाडेकोछैन । आजै मात्र मोरङको दर्वेशा – १ हुँदै वग्ने वक्राहा खोलाले वगाउँदा तीनजना वालक वेपत्ता भएका छन् । शुक्रवार साँझ ७ वजे घर फर्कने क्रममा खोला तर्दा दर्वेशा –१ का १६ वर्षिय प्रमोद राजवंशी , सोही ठाउँका ११ वर्षिय अर्जुन राजवंशी र ११ वर्षिय अभिनास राजवंशी वगेर वेपत्ता भएका हुन् । हिजोसाँझ वेपत्ता बेपत्ता भएका उनीहरुको सम्वन्धमा परिवारका सदस्यहरुले शनिवार विहानमात्र प्रहरीलाई खवर गरेका हुन् । उनीहरुको गए रातीदेखि नै स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले खोजी कार्य जारी राखेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
भैरब आङ्ला, धरान
