दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगिताअन्तर्गत आजदेखि काठमाण्डुमा शुरु हुँदैछ । आज उद्घाटन खेलमा आयोजक नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा हुनेछ ।
नेपाल र अफगानिस्तान दुवै एकअर्काको खेलप्रति अनभिज्ञ रहेको जनाइएको छ । तर नेपाल घरेलु मैदानमा जित हात पार्ने दाउमा रहेको छ । नेपालले ३ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको हो । प्रतियोगितामा यी दुई टोलीसहित श्रीलंका र माल्दिभ्स गरी ४ राष्ट्र सहभागी छन् । विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँ पाउनेछन् । प्रतियोगिता असार ३१ गते सकिनेछ । यसैबीच आजैदेखि १६ वर्ष मुनिकाहरुको अन्तर विद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता पनि शुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा कुल एकहजार ११ छात्र तथा एकसय छात्रा टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा १२ देखि १६ टिमले केन्द्रीय स्तरमा अन्तिम चरणको खेल खेल्ने अवसर पाउने छन् ।
जगन शर्मा
