काक्रे हस्तक्षेप विरुद्ध बौद्धहरु सडकमा

Read Time:4 Minute, 43 Second

काठमाडौ
सुर्खेत काक्रे विहारमा बुद्धको मूर्ति स्थापना गर्न नदिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ आन्दोलनमा उत्रिएको छ । बुद्ध जयन्तीको अवसर पारी सुर्खेत जिल्लाको स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गाविस वडा नं ८ स्थित काँक्रेविहारमा भगवान् बुद्धको प्रतिमा स्थापना गर्न खोज्दा प्रहरी प्रशासनले हस्तक्षेप गरि रोक लगाएपछि आदिवासी जनजाति महासंघ आन्दोलनमा उत्रिएको हो ।
मंगलबार पत्रकार सम्मेलन गरी महासंघले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ । सुर्खेतमा बुद्धको मुर्ति स्थापना गर्न गएका मौद्धमार्गीहरुलाई प्रहरीले निर्घात कुटपित समेत गरेको थियो । बुद्धको मूर्ति १५ दिनभित्र स्थापना गरियोस भनी अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई महासंघले ज्ञापनपत्र बुझाए पनि मागको सुनुवाई नभएपछि महासंघ शान्तिपुर्ण आन्दोलनमा उत्रेको हो ।
मंगलबार पे्रस विज्ञप्ती जारी गर्दै सरकारले महासंघको मागहरु सम्बोधन नगरी जस्ताको तस्तै राख्ने काम गरेकाले यस प्रकारको रवैया बिरूद्ध खेद प्रकट गरेको छ । ‘भगवान बुद्धको मूर्तिलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिनु धार्मिक सहिष्णुतालाई विथोल्नु हो ।’ महासंघको विज्ञप्तीमा भनिएको छ । ‘भगवान् बुद्धको मूर्तिलाई काँक्रेबिहारमा स्थापना गर्न स्थानीय बौद्धमार्गीहरूले बिगत लामो समयदेखि बिधिवत् प्रक्रिया थालेपनि सरकारी निकायको हस्तक्षेप पुर्वाग्रही र नियतवस देखिन्छ ।’ विज्ञप्तीमा भनिएको छ ।
पत्रकार सम्मेलनमा महासंघले ५ बुँदे माग प्रस्तुत गर्दै बौद्धमार्गीहरू माथी प्रहरी प्रशासनले गरेको कुटपिट र दुव्यवहार प्रति स्थानीय प्रशासनबाट स्थानीय बौद्धमार्गीहरू समक्ष सार्वजनिकक रूपमा माफी माग्नुपर्ने, बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गोन्पा, विहार, चैत्य, मूर्ति आदि रहेको क्षेत्र वा स्थानहरूमा बौद्धमार्गीहरू माथि यस्ता दुव्यवहार नहुने कुराको सरकारबाट ग्यारेन्टी गरिनुपर्ने, काँक्रेबिहार संरक्षण सम्वद्र्धन र विकासको लागि सरकारबाट यथोचित बजेटको व्यवस्था गर्नुपर्ने र गोन्पा, चैत्य, बिहार लगायतका बौद्धमागीहरू आस्थाको केन्द्रहरूमा बौद्ध मार्गीहरूले निर्वाध र शान्तिपूर्ण तवरबाट पाठ–पूजा गर्न पाउनुपर्ने र उनिहरूको शान्ति सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।
सरकारको गरेको निन्दनिय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । महासंघले आन्दोलनका कार्यक्रम मंगलबार ९आज० बाटै शुरु गरिएको बताएको छ । असार २५ गते पत्रकार सम्मेलन गर्ने, २६ र २७ गते बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन र २७ गते मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेट्ने कार्यक्रम रहेको छ । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा नेपाल वौद्ध महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, अखिल भिक्षु महासंघ, नेपाल परम्परागत वौद्ध धर्म संघ धर्मोदय सभा लगायतका संस्था आन्दोलनरत छन् ।
-आनन्द गुरुङ

फोटो समाचार यहां छ-

 

काक्रे हस्तक्षेपले क्रुद्ध बौद्ध प्रदर्शन (फोटो फिचर)



0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %