प्रकृतिले पेल्यो पूर्वमा

Read Time:4 Minute, 8 Second

भैरब आङ्ला, धरान
अविरल बर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव यसवर्षकै उच्च भएको छ । पहाडी जिल्लाहरुमा अविरल पानी परेपछि नदीमा पानीको बहाव बढेको हो । एक हप्ता अघि सामान्य अवस्थामा रहेको सप्तकोशी नदीको वहाव तीन चार दिनयता क्रमश बढ्दै गएकाले खतराको संकेत स्वरुप रातो झण्डा गाडीनुको साथै रातो बत्ति बालिन थालिएको कोशी व्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोशी नदीमा पानीको वहाव प्रतिसेकेण्ड २ लाख ६३ हजार २ सय ५ क्यूसेक रहेको छ । सप्तकोशी नदीमा पानीको वहाब बढेसंगै ब्यारेजका ५२ वटा ढोका मध्ये ३७ वटा खोलिएको प्रहरीले वताएको छ ।

यसैगरी अविरल वर्षका कारण पुर्वको जनजीवन अस्तव्यस्त भएको छ । दुईदिन देखि लगातार वर्षा भएकोले नेपाली सेनाको पुर्वीपृतना हेडक्वाटर डुवानमा परेको छ । त्यो संगै ईटहरीको तरहरामा रहेको माछा पोखरीमा पानी पसे पछि लाखौको क्षति भएको छ भने तरहरा आसपासको क्षेत्र वरगाछी पनि डुवानमा परेको छ । त्यसैगरी ईटहरीको नेपाली सेनाको पुर्वी पृतना हेडक्वाटर आसपासको क्षेत्र पनि पुरै जलमग्न भएको छ । सुनसरी खोलामा आएको बाढीले सुनसरीको आधा दर्जन बढी गाविस डुबानमा परेका छन । बाढीले इनरुवा,बबिया,नरसिंह,जल्पापुर, भुटाहा, घुस्की लगायतका गाविसहरु डुबानमा परेकाछन् । पुर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको लखनपुरमा स्थित गेउरियापुल भत्किँदा सवारी आवागमन ठप्प भएको छ ।
वर्षासँगै स्थानीय गिउरिया खोलामा आएको वाढीले पुल भत्काउदा काँकडभिट्टावाट दमक तर्फ आउने र दमकवाट काँकडभिट्टा जाने सवारीका साधन अलपत्र परेका छन् । लगातारको वर्षले झापा , मोरङ , सुनसरी, सप्तरी लगायतका ठाउमा लगाइएको खेती डुवेको छ । डुवानको कारण गाउँवस्तीका भित्री सडक तथा मुख्य सडकमा आवातजावत गर्न समस्या भएको छ । यसैवीच , झापाको दमक – १२ स्थित सयपत्री बस्तीमा रतुवा खोलाको वाढी पस्दा करिब ५० घर डुवानमा परेका छन् । विचल्लीमा परेका वाढी पीडितको उद्धार भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बर्षाका कारण मोरङको उर्लाबारी –३ मा समेत केही घर डुवानमा परेका छन् । उर्लाबारी चोकदेखि उत्तरमा रहेको सब्जी बजार डुवानमा परेको उर्लाबारी प्रहरीले जनाएको छ ।

यसैगरि सुनसरी मोरङ औद्योगित करिडोरका केही उद्योगहरु समेत डुबानमा परेका छन् । कोशी राजमार्ग अन्तर्गत धरानदेखी बिराटनगर सम्म ठाउ ठाउमा सडकबाट पानी बगेकाले यातायत आवगमनमा समस्या भएको छ । इटहरी, बिराटनगर,खनार दुहबीका अधिकांश घर डुबानमा परेका छन् । ती स्थानका केही ठाउमा नेपाली सेना , प्रहरीले उद्दार गरिरहेको छ । यसैबीच मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको नाङखोल्याङमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । सदरमुकाम फुङलिङबाट छुटेका यात्रु बाहक सवारी साधन तथा मालबाहक सावरी साधनहरु पहिरोका कारण बीच वाटोमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %