नेपालगन्ज २४ असार, नेपाल मगर विद्यार्थी संघ कार्य समिति बाँकेका अध्यक्ष विशाल रानामगरलाई आइतबार एक कार्यक्रममा उपहार तथा खादा ओढाई सम्मान तथा विदाई गरिएको छ ।नेपाल मगर विद्यार्थी संघ बांकेको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।संघमा रहेर संगठनलाई चुस्तदुरुस्त बनाउन महत्वपूर्ण भूमिका खेलेको हुनाले उनलाई सम्मान गरिएको हो ।
सम्मानका साथै उनलाई विदाई पनि गरिएको छ । नेपालको प्रतिनिधित्व गर्दैै एक्सनएड मार्फत यूगाण्डामा इन्सिपिरेटरको रुपमा ९ महिनाको लागि काम गर्न जान थालेका त्यहाँ उनी अन्तरदेशीय अनुभव आदानप्रदानकोलागि स्वयमसेवी भूमिका निभाउनेछन् ।
अध्यक्ष रानामगरले आफूले आफ्नो जाती समुदाय र मगरविद्यार्थीलाई जहां गएपनि सधै सम्झीने र सहयोग गर्ने प्रतिबद्धता जनाए । संघमा लागेर धेरै कुरा बुझ्न र जान्न पाएको भन्दै नेतृत्वदायी भूमिका खेल्न पाउंदा आफूलाई अत्यन्तै गर्व लागेको बताए ।
प्रमुख अतिथि नेपाल मगर संघ बांकेका अध्यक्ष धनसिंह रानामगरले विद्यार्थीले सक्रिय रुपमा समाजकोलागि खेलेको योगदानलाई उच्च मुल्यांकन गर्दै अध्यक्ष विशाल रानामगरको यूगाण्डा यात्राको सफलताको कामना तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिएकाथिए ।
आदिवासी जनजाति महासंघ बांकेका अध्यक्ष डम्मर थापामगरले नेपालकै प्रतिनिधित्व गरेर मगरकै छोरो यूगाण्डा जान लागेकोमा मगर समुदायको लागि मात्र नभई राष्ट्रको गरिमा बढेको बताए । नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य मायापुन मगरले लामो समय देखि मगर विद्यार्थी संघमा महत्वपूर्ण भूमिका खेलेको हुंदा संगठनले नै रानालाई आज यो उचाईमा पुर्याउन सफल भएको उल्लेख गरिन । मगर विद्यार्थीको संगठन, नेतृत्व र सामाजिक, जातीय संञ्जाललाई बलियो बनाउन सके राष्ट्रको हरेक निकायमा मगर समुदायको पहुँच हुने उनको भनाई थियो ।
संघका केन्द्रिय उपाध्यक्ष दिपा आलेमगरले अध्यक्ष रानामगरको कामको मुल्यांकन गर्दै आउंदा दिनमा मगर विद्यार्थीको हकहितकोलागि आर्थिक, नैतिक रुपमा सधैं सहयोग गर्नु पर्ने धारणा राखिन ।
अध्यक्ष रानामगरको कार्यकालमा बांके जिल्लामा महत्वपूर्ण कार्यक्रमहरु सफल पार्न ठूलो मद्दत पुगेको थियो । राष्ट्रिय विस्तारीत भेला देखि जिल्ला र अञ्चन र देशका विभिन्न जिल्लामा भएका राष्ट्रिय महाधिवेशनमा नैतिक, भौतिक र आर्थिक रुपमा सहयोग भएको थियो । त्यति मात्र नभई मगर विद्यार्थी र मगर समाजलाई आफ्नो जातीको भेषभुषा, भाषा, संस्कृति र अधिकारकालागि विभिन्नखाले कार्यक्रम भएको थियो । मगर विद्यार्थीलाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन बांके जिल्लाका प्रत्येक विद्यालय विद्यालयमा गई संगठनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेकाथिए ।
उनी नेपालगंजका सक्रिय संचारकर्मी पनि हुन् ।
