सुनसरीको धरान स्थित सुविधा सम्पन्न अस्पताल विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को आकस्मिक कक्ष अगाडि महिनौदेखि टाउकोमा लागेको चोट पाकेर किरा सल्लबलाईरहेको असक्त बृद्धालाई महिला संचारकर्मीहरुले अस्पतालको शैयामा पुर्याईदिएकाछन् ।

ति बृद्धाले अस्पतालमा उपचारको लागि धेरै हात जोडिन तर उनको हार गुहार कसैले सुनेन् । हरेक दिन जसो त्यहांबाट पार हुनेसंग उपचार गरिदिन अनुरोध गर्दे बसेकी ति महिलामाथि महिला संचारकर्मीहरुको आँखा परेर उद्दार गरिएको हो ।
वेवारिसे अवस्थामा भेटिएकी ती वृद्धा महिलाको उपचारको लागि धरानका संचारकर्मी महिलाहरु अस्पताल प्रशासन सम्म पुगे । अनि वल्ल उनको उपचार सुरु भयो । वोल्न समेत नसक्ने अवस्थामा रहेकी ति वृद्धाको उद्धारपछि अहिले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । दुई दिन पछि अलि अलि वोल्न सक्ने भएकी ति वृद्धाले आफनो घर धरान नजिकको सप्तकोशी पारी रहेको र आफनो नाम निर्मला खडका सम्म वताएकीछिन् ।
उनलाई उपचार गर्न धरानका सन्चारकर्मी महिलाहरुले आर्थीक सहयोगका लागि आग्रह गरेका छन । अस्पताल प्रशासनसंग उपचारको लागि अनुरोध गरेपछि प्रतिष्ठानका सुरक्षा इन्चार्ज वलराम निरौलाको सहयोगमा आकस्मीक कक्षमा लगिएको थियो ।
उपचारसंगै एकजना कुरुवाको आवश्यकता परेकाले दिनको पाच सय दिने सर्तमा कुरुवा समेत राखिएको उद्धारमा संलग्न संचारकर्मी सविता राइले वताइन । विरामीको आफन्त अहिले सम्म कोही सम्पर्कमा नआईपुगेकोले उनको उपचारमा समस्या भएको अर्का उद्धारमा संलग्न संचारकर्मी सीता मादेम्वाले वताईन् ।
अहिले सम्म उपचारका लागि सत्यम फर्माका सुवास पौडेल र हलेसी फार्मेसीका नवराज ढुंगानाले औषधीमा सहयोग गरिरहेका छन् भने कुरुवाको सम्पुर्ण खर्च होपट्री नेपालले ब्योहोर्ने सो संस्थाका सल्लाहकार हेम लिम्वुले बताए ।
सानुस्वरमा वोल्ने ति वृद्धाले कसरी चोट लाग्यो भनी सोध्दा ढुङगाले टाउकोमा हानेको वताएको उद्धारमा संलग्न सञ्चारकर्मी सुनिता केसी राईले जानकारी दिएकीछिन् ।
वृद्धाको घाउवाट एक वटुका सेतो किरा निकालीएको उपचारमा संलग्न चिकित्सकहरुले वताएकाछन् । निक्कै गम्भिर घाउ भएकोले उपचार गर्न निक्कै समय लाग्ने चिकित्सकले वताएकाछन् । लामो समय उपचार गर्नुपर्ने भएकोले उपचार खर्च पनि वढने वताईएको छ । सहयोगका लागि मोवाइल नं ९८४२०५५७२६, ९८५२०४९६७९, ९८४२०२५०५२ र ९८४२०५४०२६ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
भैरब आङ्ला, धरान
