समाजवादीको ‘गुरुङ मगर समेट’ अभियान

Read Time:3 Minute, 7 Second

पोखरा, २३ असार

जातिय मुक्तिका लागि संघीयता, वर्गीय मुक्तिका लागि समाजवाद नाराका साथ संघीय समाजवादी पार्टीले पश्चिमाञ्चलमा संगठन निर्माण अभियान सञ्चालन गर्ने भएको छ । पश्चिमाञ्चलमा रहेका संघीय समाजवादी पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य, विभाग र भातृसंगठनका केन्द्रस्तरका नेतृत्वको आइतवार पोखरामा सम्पन्न विशेष बैठकले दुई विशेष टोली निर्माण गरी संगठन निर्माण तथा सुदृढीकरणमा जुट्ने निर्णय गरेको हो ।
संघीय समाजवादी पार्टीसँग जनताको अपेक्षा धेरै भए पनि जनता विच अझै पार्टीको निती र कार्यक्रम पुग्न नसकेको ठहर गर्दै संगठन निर्माण अभियानमा तत्काल जुट्ने निर्णय गरेको पार्टीका सह–महासचिव महेन्द्र थापा मगरले जानकारी दिए ।

भेलामा पार्टीका केन्द्रीय सचिव तथा संघीय महिला संघका केन्द्रीय अध्यक्ष मिना गुरुङ, स्थायी समिति सदस्य गणेशमान गुरुङ, स्थायी समिति सदस्य अधिवक्ता सुरेन्द्र थापामगर, केन्द्रीय सदस्यहरु देवीराज गुरुङ, पानबहादुर भुजेल, कुमबहादुर तामाङ, नेत्रबहादुर थापा, रामबहादुर नेपाली, विदेश विभाग सदस्य सुन्दर गुरुङ, रत्ना भट्टचन, सोम नेपाली, डा.राजेन्द्र नेपाली लगायत संघीय युवा संघ, महिला संघ, अग्रगामी विद्यार्थी युनियनका अगुवाहरुको उपस्थिती  थियो ।  
यसै विच संघीय समाजवादी पार्टी पोखराको प्रथम नगर भेला साउन २९ गते पोखरा सभागृह गर्ने भएको छ । भेलामा पार्टीका वरिष्ट उपाध्यक्ष विजय सुब्बा र उपाध्यक्ष रिजवन अन्सारीले सम्बोधन दिने पार्टीका कास्की अध्यक्ष दीपक तामाङले बताए ।

समाजवादीको पूर्वको राई लिम्बुहरुमा राम्रो पकड भएपनि पश्चिमा मगर गुरुङहरुबीच राम्ररी पाईला जमाउन सकेकोछैन । एमालेबाट विद्रोह गर्दा राई लिम्बुहरुको उल्ल्ेख्य संख्या रहेको तर मगर गुरुङहरु नचोइटिएपछि मगर गुरुङले धोका दिएको भनि टिप्पणी गरिएकोथियो । त्यतिबेला पृथ्वि सुब्बा जस्ता कडा जातीय भाषण गर्दे हिंडेका नेता पनि समाजवादी पार्टीमा आईदिएका थिएनन् ।
हुम तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %