राज्यसत्ताका संवाददाता सम्मानित

Read Time:1 Minute, 27 Second

गएको जेठ २६ र २७ गते पोखरामा भएको आदिबासी जनजाति पत्रकार महासंघको पाचौ राष्ट्रिय महाधिबेशनबाट पश्चिमाञ्चल संयोजकमा बिजयी भएका राज्यसत्ता डट कमका संवाददाता देब पचभैयालाई जिल्ला शाखाले आज सम्मान गरेको छ । बडिज्ञानटोलमा रहेको  जनजाति पत्रकार महासंघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी फोनिज पाल्पा शाखाका सस्थापक अध्यक्ष समेत रहेका पभभैयालाई पाल्पाली ढाकाटोपी र खादाले सम्मान गरिएको हो । सम्मान पछि  पचभैयाले संचार माध्यमहरुमा बिस्तारै आदिबासी जनजाति युवाहरुको आर्कषण बढ्दै गएपनि सख्यात्मक बिकास संगै गुणात्मक बिकास हुन नसकेको बताए ।
जनजाति पत्रकारहरुले ब्यवशायीक र मिसन पत्रकारीतालाई संगै अगाडि बढाउनुपर्नेमा जोड दिदै उनले पत्रकाहरुको मनोबल बढाउन यो बर्ष देखि केन्द्रिय समितिले  जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्ने अभियान लिएको जानकारी दिदै यही असार ३१ सम्म आबेदन दिन सबैलाई आग्रह गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %