धरान
खोटाङमा प्रहरी हिरासतबाट दुइजना बन्दी भागेकाछन । ज्यान मुद्दामा पक्राउ परेका खोटाङ पाथेका २ का १८ वर्षीय भूदेउ राई र बासपानी ९ का अकिल राई भागेका हुन् । प्रहरीका अनुसार चर्पी जाने बहानामा उनीहरु विहान पौने छ बजे प्रहरी घेरा तोडेर भागेका हुन । यी मध्ये भूदेउ राई भने बुइपास्थित जंगलबाट पक्राउ परेका छन । जेठ २० गते खार्मी गाविसमा भएको साकेला शिली प्रदशर्नीको अवशरमा खार्मी ८ का ४० वर्षीय ध्रुव श्रेष्ठको हत्यामा संलग्न पाथेका २ का १८ वर्षीय भूदेउ राई र बासपानी ९ का अकिल राई गत जेठ २८ गते पक्राउ परेका थिए ।
-भैरब आङ्ला
भागेका दुई ‘हत्यारा’ मध्ये एक समातिए
Read Time:1 Minute, 1 Second
