पढे चेतना, चेतनाले अधिकार

Read Time:2 Minute, 34 Second

 रुपन्देही असार २२ 

राज्यले विभेद गरेका कारण मगरहरु पछाडि परेको रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले शिक्षा विना अगाडि बढ्न नसक्ने भएकाले शिक्षालाई महत्व दिनु पर्नेमा जोड दिए । नेपाल मगर संघ रुपन्देहीद्धारा आयोजित प्रवेशीका परीक्षा–२०६९मा विशिष्ट क्षेणीमा उत्र्तीण मगर विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन । उनीहरुले शैक्षिक र राजनैतिक रुपमा सचेत नहुदा सम्म मगरहरुको हक अधिकार स्थापित नहुनेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको शिक्षा नीति व्यवहारिक भएकोले परिमार्जन गर्नु पर्ने बताएका थिए । नेपाल मगर संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल बहुमुखी क्याम्पस प्राध्यापक हेम बहादुर कनौजे, बुटवल २२ नम्वर वाहिनीका सेनानी कमल थापामगर, संघका संस्थापक अध्यक्ष अमर बहादुर थापा, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम सोमै, नेपाल मगर बौद्ध सेवा समितिका तुल्सी रेश्मी, मगर विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष दिपक गरौजा, पुर्व जिल्ला सचिव खेमेन्द्र राना, रेडियो समावेशीका अध्यक्ष प्रकाश राना, फनिजका अध्यक्ष मिलन गाहा, बुटवल नगर समितिका अध्यक्ष कृष्ण बहादुर थापा लगायतले बोल्दै समाज परिवर्तन गर्न शिक्षाको महत्व हुने बताएका थिए । जिल्ला उपाध्यक्ष गीता सारुको स्वागत र सचिव कमला पुनको संचालनमा भएको कार्यक्रममा २०६९ सालको प्रवेशीका परिक्षामा विशिष्ट श्रेणीमा उत्र्तीण ६१ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %