
दमैाली, तनहुँमा अप्रिय घटना घटेको छ, आज भन्दा ४१ बर्ष अघि २०२९ सालमा चीनले सम्पन्न गरि नेपाललाई हस्तान्तरण गरेको दमौलीको चैना पुलबाट मादी नदीमा बस खसेको छ। पुलबाट बस खस्दा ८ जनाको मृत्यु भएको छ। केहीको जिवितै उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। पोखराबाट मुग्लिनतर्फ आइरहेको ना४ख ४६८४ नम्बरको उक्त बस अनियन्त्रित भएर पुलबाट खसेको र बस पूर्णरुपले डुबेको छ। स्थानीय र प्रहरी मिलेर उद्दार कार्य जारी राखेका छन्।
