कारागार भित्रै ठोकाठोक

Read Time:3 Minute, 43 Second

दीपा आले नेपालगन्ज, २० असार

केन्द्रिय कारागार शाखा, नेपालगन्जमा कैदीहरुको दुई पक्षका बीचको विवाव बढ्दै जांदा हिजो बुधबार सांझ झडपमा परेर चार जना घाईते भएका छन् भने सामान्य विवाद एक्कासी चकिंदै जांदा दुई पक्षबीच हानाहानको अवस्था सिर्जना भएको हो ।

प्रहरी र कैदीबिीचको सामान्य विवाद बढ्दै जांदा एक्कासी आन्दोलनमा उत्रिएका कैदीहरुले चौकीदार र नाइकेहरु परिर्वतन गर्नुपर्ने लगायत दुई दर्जन माग तेर्साएर काराकारको मुख्यद्धारमा ताला लगाएका हुन् । हिजो सांझ ७ बजे बसेको बैठकमा ताला खोलाउन कैदीहरुको माग सम्बोधन गर्दै आश्वासनका साथ वार्तामा पुगेका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, सहायक प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जेलर जयबहादुर हितांगलगायतको कुरो टुग्याउनै लाग्दा एक्कासी भडप भएको हो ।

जेलर जयबहादुर हितांगका अनुसार कुरा सकिसकेको थियो खै के मिलेन हानाहान भएको बताए । झडपमा भोला महाउत, त्रिभुवन लोलिया, सहविर खां र सानु खां घाईते भएको बताउंदै उपचारकोलागि भेरी अञ्चल अस्पतालनमा उपचार भईरहेको बताए ।

कानुनले दिएको माग भन्दा बढी महत्वकांक्षी भएको हुंदा यसरी कैदी कैदी बिच झडप भएको जेलर हितांगले बताउंदै गर्दा यता प्रहरी स्रोत अनुसार कैदीबन्दी जनक बुढाले आफन्तसंग मनपरी भेट्न नपाएपछि प्रहरीसंगको विवाद नै घटनाको प्रमुख कारण रहेको जानकारी दिएको छ ।

झडपमा परेका कैदी बन्दीहरु चारैजनाको टाउ र शरीरका अन्य भागमा गम्भीर चोट लागेपछि उनीहरुलाई प्रहरीले एम्बुलेन्स बोलाएर भेरी अञ्चल अस्पतालमा उपचारको लागि लगिएको थियो ।

उपचारकै क्रममा भेरी अञ्चल अस्पतालमा पुगेका कैदी बन्दीहरु आफूहरुमाथि एक्कासी झडप भएको बताउंछन् ।

झडप लगत्तै हिजो सांझबाट ठूलो संस्थाको प्रहरीले कारागारलाई नियन्त्रणमा लिई उच्च सुरक्षा सतर्क अपनाएको छ ।

हाल नेपालगन्ज कारागारमा ४ सय ८ कैदी बन्दीहरु छन् । त्यस मध्ये ४३ जना महिला र २ जना बालबालिका रहेका छन् । झडपमा परेर घाईते भएको कैदी बन्दीहरु सोनु खां भोला माउ त्रिभुवन लोहनिया सहविर खान रहेका छन् ।

झडप लगत्तै घटनाका नाईकेलाई अहिले छुटाछुटै राखीएको छ । गत महिना मात्रै सोही कारागारबाट दांग नाइके सैफु नाउ कारागार बाट फरार भएपछि तत्कालिन निमित्त जेलर श्यामलाल लामिछाने, प्रहरी सहायक निरिक्षक नरेन्द्र कार्की र प्रहरी जवान मेघराज खत्रीलाई छानविन समितिको सिफारिस अनुसार निलम्बन गरिएको छ । नेपालगन्ज कारागारमा वर्षेनी यसप्रकारको घटनाहरु बढ्दै गईरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %