विदेशमा झन बढ़ी संगठित हुन ज़रूरी छ

Read Time:6 Minute, 44 Second

बिनोद पोमु(लिम्बु) का.बा. अध्यक्ष जनजाति महासंघ, अमेरिका

 म तेह्थुम जिल्लामा जन्मिएको हो । ०२८ सालमा हाम्रो गाविस ताप्लेजुङमा गाभिएपछि मोरङ जिल्लामा बसाइँ सरियो । विद्यालय तहसम्म गाउँमै पढेको हो । आरआर कलेजमा प्रमाणपत्र तहसम्म पढे । कोशी अञ्चलबाट राष्ट्रिय प्रतियोगितामा पनि भाग लिए । खेलमा दोस्रो भए । जागिर थिएन काठमाडौमा टिक्न गाह्रो भयो । जागिरको सिलसिलामा मोरङ आएर बक्सिङ्गको प्रशिक्षक पनि बने । पछि उर्लावारीमा प्रशिक्षक बने ।

त्यसैक्रममा नेपालमा ०४७ मा किरात याक्थुगं चुम्लुङ्ग गठन गरियो । मैले नै त्यसको नेतृत्व गरेर दोस्रो महाधिवेशन गराइयो । चुम्लुङ्गको केन्द्रिय सदस्य बने । हामीले काठमाडौंमा लिम्बु भाषामा अनौपचारिक शिक्षा कार्यक्रमा सञ्चालन गरि ८ जिल्लामा बिस्तार गरेका थियौ । त्यसको उदेश्य लिम्बु शिक्षक उत्पादन गर्नु थियो । त्यसका लागि हामीले पुस्तक पनि तयार गरेका थियौ । त्यसैक्रममा हङकङ छिरे । ११ बर्ष बसे । २००४ मा न्युर्योक आएको हुँ ।

हङकङमा रहदा चुम्लुङ्ग बाहेक अन्य संस्थामा बसिन। यहाँ पनि चुम्लुगं गठन गरियो । हामीले जनजाति महासंघको अवधारणलाई अगाडि बढाइरहेका छौ । २००५ मा जनजाति महासंघको अवधारणा अनुसार यो संस्था पनि गठन गरियो । जनजाति महासंघमा पनि राजनीति भयो । छुटै प्यानल बन्यो । व्यक्तिगत इगोले काम गर्यो ।

नेतृत्वमा पलाउने व्यक्तिवादी सोचका कारण अझै भने जस्तो गर्न सकिएकोछैन । महासंघको अधिवेशन भएको दुई बर्ष भैसक्दा पनि पूर्ण कार्य समिति बनाउन सकिरहेका छैनौ । कार्य समितिका पनि आधा जसो व्यक्ति बाहिरिसकेको अवस्था छ । नेतृत्वमा राजनीतिको विल्ला नै भिरेको व्यक्ति कोही छैन । पहिले राजनीति गरे पनि सामाजिक संगठनमा छिरेपछि त्यो बिर्सनुपर्छ भन्ने मान्यता राखेर यसमा लागेकोहुँ । किनकि सामाजिक संस्थामा राजनीति गरियो भने द्धन्द्ध सृजना हुन्छ । तर म के मा विश्वस्त छु भने राजनीतिमा रुचि राख्न पाउनु व्यक्तिको नैसंर्गिक अधिकार हो । सामाजिक संस्थाहरुले राजनीतिक, आर्थिक चेतना बृद्धि गराउँछ । राजनीति नगर्दासम्म हाम्रा मूल मुद्धा अगाडि बढ्न सक्दैन ।

खुशी के मा छु भने कतिपय कमज़ोरीका बावजुद जनजाति महासंघले उल्लेखनीय काम गरेको छ । सुरुमा जनजाति के हो संगठन के का लागि जस्ता सचेतनाका कार्यक्रम गर्यौ । जनजातिलाई एक बनाएर लैजान र जनजातिका मुद्धालाई अगाडि बढाउन आफ्नो ठाउँबाट सक्दो कोशिस गरिरहेकाछौ । युएनमा पनि भाग लिने मौका पायौ । युएनका साथीहरुलाई बोलाएर अन्तरक्रिया आयोजना गरेका थियौ । आदिवासी दिवस पनि राम्रोसंग मनाउदै आएका छौ ।

यो बर्ष बाट बुद्ध जन्यन्तीको कार्यक्रम अगाडी ल्यायौं ,धेरै सफल र राम्रो पनि भयो र निरन्तरता दिदै जानेछौ । अब देखि बौद्धमार्गीहरुले विगतमा जस्तो व्यक्तिगत तवरले होइन कि संस्थागत रुपमा एउटै छातामा बसेर एकै ठाउँमा एकै दिन मनाउने कुरा अगाडि सारेका छौ । यसरी मनाउदा हामी नेपाली एकै ठाउँमा छौ भन्ने सन्देश पनि जान्छ ।

त्यस्तै मगरहरुको लखन थापा स्मृति दिवस पनि भव्य रुपमा मनाइयो । गएको बर्ष यो कार्यक्रम जनजाति महासंघले संयुक्त रुपमा आयोजना गरेको थियो । त्यस्तै लोल्सार पर्व पनि मनाउने कुरा गरिरहेकाछौ । संयुक्त रुपमा मनाएर एकताको सन्देश दिन जनजाति महासंघले सम्पूर्ण बौद्धमागीहरुको जातीय संगठनलाई बोलाएर लोल्सार पर्व मनाउन थालनी गरेका छौ । राई किराँतको साकेला पर्वलाई पनि किराँत पर्व भनेर कार्यक्रम तय गर्ने सोच बनाएका छौ । बैचारिक रुपमा जे जस्ता मत भिन्नता रहे पनि धार्मिक रुपमा एकता कायम गराउन यस्ता पर्व सहयोगी बन्न सक्छ ।

अमेरिकामा बस्ने जनजातिहरुको विभिन्न ८० वटा जति सामाजिक संस्थाहरु छन् उनीहरुलाई जनजाति महासंघमा आवद्ध गराउन पहल गरिरहेका छौ । जनजाति संस्थाहरु बलिया छैनन् । उनीहरुलाई संगठित गरेर लैजान पहल गर्दछौ । जव सम्म हामी सक्षम हुदैनौ तव सम्म हाम्रा मुद्धा अगाडि बढ्न सक्दैनन् ।

नेपालको जनजाति आन्दोलनलाई सक्दो रुपमा सहयोग गरिरहेका छौ । जनजाति महासंघको अधिवेशनलाई पनि सक्दो सहयोग जुटाऔं । यहाँ जनजाति महासंघमा १७ वटा जातीय संस्थाहरु आवद्ध छन् । यसका जातीय संस्थाहरु साथै ठाउँको नाउँमा गठन भएका संस्थाहरु पनि आवद्ध छन् । संस्था भए पनि जनजातिको हितका लागि गठन भएका संस्था जुनसुकैलाई हामीले आवद्धता दिने गरेको हो । विदेशमा जसरी पनि संगठित हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो । किनकी हामीले संस्थाहरु मार्फत् जनजाति आन्दोलन र मुद्धामा आवाज उठाउन सकेकाछौ ।

( हुम थापा मगरले न्युयोर्कमा गरेको कुराकानीमा आधारित)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %