मगर संघ कतारको दशौं अधिवेशन ५ जुलाईमा

Read Time:1 Minute, 44 Second

       नेपाल प्रवासी मगर संघ दोहा कतारको  ५ जुलाईमा “आफ्नो भाषा, लिपी, भेषभुषा, धर्म तथा संस्कृतिको संरक्षण सम्बद्र्धन – हाम्रो प्रतिबद्धता, जातिय पहिचान तथा आत्मनिर्णयको अधिकार सहितको नयाँ संघीय ब्यबस्था – हाम्रो आवश्यकता” भन्ने मुल नाराका साथ सम्पन्न हुन लागीरहेको दशौं अधिवेशनको अन्तिम तयारी पुरा भएको जानकारी प्राप्त भएको छ ।
       बिधानत प्रक्रिया पुरा गरेका ६ वटा एरिया समितीहरुको तर्फबाट एरिया कोटा १२ जना, महिला सदस्य कोटा २ जना, केन्द्रिय समितीमा काम गरिसकेकाहरुको कोटा ७ जना र कतार भन्दा अन्य देश स्थित मगर संघमा केन्द्रिय स्तरमा काम गरिसकेकाहरुको कोटा २ जना गरी कुल २३ जनाको केन्द्रिय कार्यसमिती निर्वाचित गर्ने गरी दशौं अधिवेशन हुन लागेको हो ।
भिम तरामुमगर संयोजक तथा जनक थापामगर र दुर्गा पाङमीमगर सदस्य रहेको निर्वाचन समितीले उम्मेद्वारहरुको लागी उम्मेद्वारी दर्ता मिती २०१३ जुन २१ सम्म र दाबी, बिरोधी, फिर्ताको लागी मिती २०१३ जुन २८ सम्म तोकेको थियो ।  कार्यक्रम दोहाको ब्रुश्ली रेष्टुरेन्टमा बिहान १० बजेदेखी शुरु हुनेछ ।
सरन मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %