लुटिएको अस्तित्व फर्काउन कलम बोक्नुपर्ने

Read Time:2 Minute, 39 Second

 १५ असार तनहूँ

नेपाल मगर लेखक संघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष बिष्णकुमार सिंजाली मगरले  मगरहरु पहिला  भाषिक, साँस्कृतिक रुपमा एक समृध्दशाली धनी जाति रहेको , पुर्खाहरु बैज्ञानिक  रहेको तर राज्य, भाषा, धर्म, सँस्कृति  लुटिएपछि कंगाल हुनुपरेको बताए । उनीहरुको चेतना बढाउन मगर
 भाषामा एम.ए. सम्म पढ्ने ब्यबस्था सरकारले मिलाउनुपर्ने र प्राविमा पनि मगर भाषामै अध्ययन हुनुपर्ने कुरामा जोड दिएका थिए ।  

नेपाल मगर लेखक संघ तनहूँको दोस्रो साधाणसभा दमौलीमा उनी त्यसो भन्दैथिए । l संघकी अध्यक्ष गीता थापा मगर (बेली)को अध्यक्षता तथा नेपाल मगर लेखक संघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष बिष्णकुमार सिंजाली मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधाणसभामा बार्षिक कार्य प्रगति-प्रतिबेदन सचिव शुसिला थापा मगर र आर्थिक प्रतिबेदन  कोषाध्यक्ष हिरा थापा मगरले प्रस्तुत गरेका थिए l

उपाध्यक्ष राम बहादुर आले मगरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा प्रमुख आतिथी एवं नेपाल मगर लेखक संघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष बिष्णकुमार सिंजाली मगर, नेपाल मगर महिला संघकी केन्द्रिय बाह्र मगरात भाषिक उपाध्यक्ष मन्ध्ररी आले मगर, मगर भाषाका कथाकार एवं नेपाल मगर महिला संघ कास्कीका जिल्ला अध्यक्ष फूलकुमारी थापा मगर, नेपाल मगर लेखक संघ तनहँका सल्लाहकार यमबहादुर आले मगर, नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका उपाध्यक्ष  श्रीबहादुर थापा मगर लगयतका ब्यक्तिहरुले शुभकामना मन्तब्य दिएका थिए l कार्यक्रम संचालन सचिव शुसिला थापा मगरले गरेका थिए l

कार्यक्रममा मगर भाषा साहित्यमा कलम चलाउने मगर साहित्य सर्जकहरुको उउल्लेखनिय जमघट भएको थियो l

 

के मगर
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %