फोनिजलाई सक्रिय गराइने

Read Time:2 Minute, 0 Second

नेपालगन्ज १५ अषाढ
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको शुक्रबार बसेको कार्यसमितिको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

फोनिज बाँके अध्यक्ष उमा थापामगरको अध्यक्षतामा बसेको बैठकले फोनिजलाई सक्रिय गराउन विभिन्न समयमा सल्लाह सुझावको आवश्यकता हुने भएको हुँदा तीन जना सल्लाहकारलाई चयन गरेको छ । सल्लाहकारमा कालपृष्ट राष्ट्रिय दैनिकका सम्पादक हेमन्त कर्माचाय, जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुके र फोनिजका निवर्तमान अध्यक्ष ठाकुर सिंह थारुलाई चयन गरेको हो ।

त्यसैगरी हालै मात्र फोनिजको पोखरामा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनमा फोनिजका सदस्य दिपा आलेले अत्याधिक मत ल्याई महिला केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा शुभकामना दिने निर्णय गर्दै भव्य रुपमा शुभकामना कार्यक्रम राख्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी फोनिजको कार्यसमिति सदस्यमा दुई जना सदस्य मनोनित गर्न बाँकी रहेकोमा पत्रकारद्वय रविन्द्रमान शेरचन र सोम गुरुडलाई मनोनित गरेको छ भने पुरानो कार्यसमिति र निवार्चन अध्यक्ष एकराज चौधरीलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले फोनिजलाई सक्रिय बनाउन मासिक रुपमा नियमित बैठक बस्नेलगायतका अन्य निणर्यहरु समेत गरेको फोनिजका सचिव प्रेरणा तामाडले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %