सञ्चारमाध्यम समावेसी बनाउन लड्ने उद्घोष

Read Time:2 Minute, 23 Second

काठमाडौं १४ असार
 नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङले सञ्चारलाई समाबेशी बनाउने कुरामा फोनिजले सक्रिय र अहं भूमिका निर्वाह
गर्ने बताए । उनले भने- “सञ्चार समाबेशी भएमात्र समाज समावेशी हुन्छ र बनाउन सकिन्छ
। हाम्रो काँधमा समावेशी सञ्चार र समावेशी समाज निर्माणका लागि ठुलो जिम्मेवारी थपिएको छ, समावेशी सञ्चारका लागि हामी लड्नेछौं ।” नवनिर्वाचित अध्यक्ष दण्डले आफुहरुलाई सम्मान गर्न आयोजन गरिएको कार्यक्रममा बोल्दैथिए ।

तमु बौद्ध सेवा समिति, तमु महिला संघ, तमु सञ्चारकर्मी संघ, गुरुङ पर्यटक ब्यवसायी
संघ र तमु युवा संघको संयुक्त आयोजनामा गरिएको सामुहिक सम्मान, बधाई तथा
शुभकामना कार्यक्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा फोनिजका पूर्व
अध्यक्ष खिम घलेले पत्रकारिता क्षेत्र ब्यवसायीकरण हुँदै गएको र आदिवासी जनजाति
युवाहरु पत्रकारिता क्षेत्रमा आकर्षित हुदै जानु सकरात्मक पाटो रहेको बताए ।

तमु महिला संघका अध्यक्ष चन्द्रकला गुरुङ र तमु बौद्ध सेवा समितिका अध्यक्ष रुपबहादुर गुरुङले आदिवासी जनजातिका मुद्दालाई जोडदार रुपमा उठाई सञ्चारमाध्यममा ल्याउन आदिवासी जनजाति पत्रकारहरुलाई आग्रह
गरे । कार्यक्रममा गुरुङ पर्यटन ब्यवसायी संघका महासचिव टिकाराम गुरुङ पनि बोलेकाथिए ।

तमु बौद्ध सेवा समितिका अध्यक्ष रुपबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सम्मान तथा
बधाई कार्यक्रममा फोनिजका नवनिर्वाचित पदाकिारीहरुलाई सम्मान पत्र, बधाई तथा
शुभकामना प्रदान गरिएको थियो ।

जुली गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %