बुटवलमा भट्टचन प्रवचन

Read Time:2 Minute, 17 Second

 

२२ जुन
समाजशास्त्री एवं नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सल्लाहकार डा।कृष्णबहादुर भट्टचनले आदिवासी जनजातिले राष्ट्रकै नेतृत्व गर्न तयार हुंनुपर्नेमा जोड दिएकाछन् । नीति ,निर्माण र कार्यान्वय गर्ने तहमा आदिवासी जनजातिको पहंच नहुंदा हकअधिकारको सुनिश्चितता नभएको भन्दैं भट्टचनले राष्ट्रकै नेतृत्वका लागि आदिवासी जनजाति तयार हुंनुपर्ने बताएको हो ।
 नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद रुपन्देहीको आयोजना तथा नेपाल सरकार आदिवासी जनजाति जिल्ला समन्वय समिति,रुपन्देहीको सहयोगमा आज बुटवलमा भएको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि एक दिने प्रशिक्षणमा बोल्दै डा।भट्टचनले उक्त कुरामा जोड दिएकाहुन् । राज्यमा पहुंच र संविधानमैं आदिवासी जनजातिको हकअधिकार सुनिश्चित नभएसम्म आन्दोलन नै एक मात्र विकल्प भएको पनि उनले बताए ।
आत्मनिर्णयको अधिकारसहित जातीय स्वायत्तता र भाषिक स्वतन्त्रता हुंनुपर्ने उनको भनाई थियो । एमाओवादी,कांग्रेस र एमालेको ब्रामणवादी सोच र आदिवासी जनजातिलाई अधिकार दिन नचाहेकै कारण संविधान सभाको अवसान भएको उनको आरोप थियो ।  संघीयताले देश टुक्रिने होइन अधिकारबाट बन्चित भएकाले अधिकार पाउंने हो भन्दै उनले अधिकार दिने र नदिने बीच अहिले संघर्ष चलिरहेको बताए । महासंघ, रुपन्देहीका अध्यक्ष शन्तराम चौधरीको अध्यक्षता, सचिव गंगा पुनको संचालन तथा उपाध्यक्ष कृष्ण मोक्तानको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
गोविन्द घर्ति रुपन्देही

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %