अब लेख्ने जनजाति पत्रकार पनि हौसिने भए

Read Time:3 Minute, 31 Second

नेपाली पत्रकारहरुलाई प्रोत्साहन स्वरुप दिन गठन भएका पत्रकारिता पुरस्कार देशभर सय भन्दा बढी छन् । तर पहिचानको मुद्दामा लेख्नेहरुलाई कसैले त्यस्तो प्रोत्साहन दिन पुरस्कार गठन गरिएकोछैन । गठन भएका पनि आफै मृत भैसकेकाछन् । दिशा गर्न सिकाउने, पढ्न उत्प्रेरणा जगाउने, ब्यापार र उद्यमको बारेमा चेतना जगाउने अनेकन खालका पुरस्कारहरुका थुप्रा नेपाली पत्रकारितामा उपलब्ध छन् । यसै थाकमा यस साल देखि आफ्नो मुद्दामा चेतना जगाउन लेखेबापत जनजाति पत्रकारहरुलाई पनि यस्तो प्रोत्साहन पुरस्कार दिईने घोषणा गरिदैछ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को भर्खर सकिएको महाधिवेशनबाट चयन भएका नेतृत्वले यस बर्षदेखि छापा, रेडीयो र टेलिभिजनमा काम गर्ने उत्कृष्ट तीन पत्रकारलाई पुरस्कार दिने घोषणा आउदैं गरेको ९ अगस्टमा मनाईने विश्व आदिवासी दिवसको छेक पारेर घोषणा गर्न थालेको हो ।

 फोनिजको संयोजकत्वमा  सो पुरस्कार आदिवासी जनजातिको पहिचान, संघीयता र सांस्कृतिक अधिकारसम्बन्धी लेख, फिचर (प्रकाशित/प्रसारित) का लेखक तथा उत्पादकलाई प्रदान गरिने बताईएकोछ । सो पुरस्कार एशियन ईन्डिजिनियस पिपुल्स प्याक्ट ९एआपीपी० को आइभिए कार्यक्रमअन्तर्गत प्रदान गर्न लागिएको हो । पुरस्कारका लागि निम्न आधारहरु तोकिएको छ ।

· कम्तिमा ५ वर्षसम्म पत्रकारिता क्षेत्रमा काम गरी आदिवासी जनजातिको सवाल र मुद्दाहरुमा कलम चलाउने उर्जाशील पत्रकारहरुले पुरस्कारका लागि आवेदन दिन सक्नेछन् ।

· पुरस्कार दावी गर्ने पत्रकारले समाचार वा कार्यक्रम प्रशारण भएको मिति, स्क्रिप्ट, दृश्य र प्रशारण–प्रकाशन भएको प्रमाणसहित आवेदन पेश गर्नुपर्नेछ ।

· सो पुरस्कारका लागि ५ सदस्यीय विशेषज्ञ सम्मिलित छनौट समिति गठन गरिएको छ ।

· महिला र अति सिमान्तकृत तथा लोपोन्मुख समुदायलाई प्राथमिकता दिईनेछ ।

· प्रकाशित/प्रसारित सामग्री जुलाई १५ तारिखमा पेश गर्नु पर्नेछ ।

· छनौट समितिले लिएको निर्णय अन्तिम हुनेछ ।

 तपाईलाई पनि आफुले पहिचानको मुद्दामा गतिलो लेखेकोछु भन्ने लागेकोछ भने यो प्रतिस्पर्धामा भाग लिन सक्नुहुन्छ । त्यसका लागि तलको ठेगानामा सम्पर्क गर्नुहोस् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज )
केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
 अध्यक्ष दण्ड तमु संग सिधै सम्पर्क 9751004009

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %