समाज परिवर्तनमा भुपुहरुको महत्वपुर्ण भूमिका छ : सहअध्यक्ष श्रवण कुमार

Read Time:2 Minute, 19 Second

गोविन्द घर्ति रुपन्देही

राष्ट्रिय भूतपुर्व सैनिक संगठनको केन्द्रिय अध्यक्षमा भिम बहादुर राना मगर

बुटवल जेठ ३१ , राष्ट्रिय जनमुक्ति मुक्ति पार्टीको भातृसंगठन राष्ट्रिय भूतपुर्व सैनिक संगठनको दोश्रो राष्ट्रिय महाधिवेशन रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । महाधिवेशनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्ष श्रवण कुमार लिम्वुले राष्ट्रको आर्थिक विकास र समाज परिवर्तनमा भुपुहरुको महत्वपुर्ण भूमिका रहेको बताउनु भयो । उहाले नेपाल राष्ट्रको लागि भुपुहरुले खेलेको अतुलनीय भुमिकालाई राज्यले कुनै वास्ता नगरेको आरोप लगाउनु भयो । लिम्वुले अबको सँबिधान सभामा हरेक समुदायको हक, अधिकार सुनिश्चितका लागि सचेत, सजग र सर्तक भएर लाग्न आग्रह आग्रह गर्नुभयो । महाधिवेशनले भिम बहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा खड्क बहादुर थापा, दुर्गा बहादुर कटुवाल, अमर बहादुर थापा, महासचिवमा ज्ञान बहादुर थापा, कोषाध्यक्षमा शिव बहादुर पुन रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा टेक बहादुर थापा, सूर्य बहादुर थापा, जंग बहादुर पुन, विष्णु बहादुर गुरुङ्ग, चेत बहादुर लिम्वु, तिलसिं लिम्वु, दुल बहादुर थापा लगायत रहनु भएको सो पार्टीले जनाएको छ । हिजो देखि बुटवलमा शुरु भएको संगठनको दोश्रो राष्ट्रिय महाधिवेशन राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्ष श्रवण लिम्वुले उद्घाटन गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %