देब पचभैया
पाल्पा ३० जेठ
नेकपा एमालका बरिष्ठ नेता एव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले चुनावको विपक्षमा रहेका पक्षलाई समेत सहभागि गराएर आगामी मंसिर चुनाव गर्न सवैपक्ष एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ । मदनपोखरा पोलिटेक्निकल ईन्स्टिच्युटको शिलन्यास गर्दै पुर्व प्रधानमन्त्री नेपालले मंसिरमा चुनाव गरेर ६ महिनाभित्र संविधान लेख्ने वातावरण बनाउनको लागी दलहरु अहिले नै विवादित विषयमा छलफल गर्दै जानुपर्ने बताउनु भयो । संविधानसभा निर्वाचन भएको ६ महिनामा पनि विवादित बिषय संघियता र शासकियस्वरुपको बिषयमा दलहरु विच सहमति नभएमा २ वटा विषयमा जनमत संग्रह बाट संविधानको टुङ्गो लगाउनु पर्ने बताउनु भयो । एमालेले देशलाई सधै अखण्डरहने गरी, सवैजातजातिको अधिकार सुनिश्चत हुने गरी देशलाई संघियतामा लैजाने बरिष्ट नेता नेपालले बताउनु भयो ।
नेपालमा राम्रो कामको शुरुवात गर्दा विपक्षीहरुले अनिवार्य रुपमा विरोध गर्ने संस्कारको विकास भएकोले हुन लागेका राम्राकामहरु पनि हुन नसकेको बताउदै आफनो सरकारको पालामा भएका सवै राम्राकाहरु अर्काे सरकार आएपछि बादरले घरभत्काएजस्तै भताभुङ्ग पारेको बताउनु भयो । देशमा संक्रमणकालीन अवस्थामा भएकोले देशमा राजनिति, आर्थिक अबस्था अलमलमा परेकोले स्थायी सरकारको लागी अव सवैपक्षमा चुनावी वातावरणमा लाग्नुपर्ने बरिष्ट नेता नेपालले बताउनु भयो । बुवाआमा दाजुभाई दिदि, वहिनीहरुले गर्दे आएको निर्वाहमुखि कृषि प्रणाली लाई अव प्रविधीमा आधारित भएर व्यबसायिक रुपमा अगाडी बढाउनुपर्नेमा एमाले नेता नेपालले बताउनु भयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदलले शुरु गर्न लागेको मदनपोखरा पोलिटेक्निलक ईन्स्टिच्युटमा प्रमुख रुपमा कृषि, सिभिल ईन्जिनियर र हाईड्रोपावरमा विषयमा अध्यन शुरु गर्नेछ । करीव १० हेक्टरजमिनमा पुर्वाधार निर्माणको काम यसैबर्ष देशी शुरु हुने सिटिभिटीका उपाध्यक्ष डा गोपाल खनालले बताउनु भयो । सम्पुर्ण पुर्वाधार निर्माणको लागी करीव ७० करोड रकम खर्च हुने अनुमान सिटिभिटीले गरेको छ ।
