गोविन्द घर्ति देवदह जेठ २८ ।
चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्न्याधिशबाट राजीनामा दिई निर्वाचनको वातावरण तयार गर्नु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले बताउनु भएको छ । उहाले संविधान सभाको निर्वाचनमा थ्रेस होल्ड राख्न नहुनेमा जोड दिदै अदालतले दोषी प्रमाणित गर्ने व्यक्तिलाई निर्वाचनमा भाग लिन दिन नहुने बताउनु भयो ।
राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्यपरिषदको रुपन्देहीको बुटवलमा भएको बैठकमा बोल्दै उक्त कुरा बताउनु भएको हो । बैठकमा बोल्दै सूर्यवंशीले संघीयता, जातिय अधिकार, धर्मनिरपेक्षता र भ्रष्टचार अन्त्यको लागि बैचारिक निकतता भएका दल संग सहकार्य गरी राष्ट्रिय मोर्चा गठन गरी अगाडि बढ्ने बताउनु भयो । राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदका अध्यक्ष नगेन्द्र प्रसाद रौतार थारुको अध्यक्षतामा बसेको बैठकमा पार्टीका संघीय परिषद सदस्य अशोक पुन, रुद्र बहादुर गुरुङ्ग, कर्ण बहादुर सुनारी, हरीदेव थापा लगायतले बोल्दै सर्वदलिय सरकार गठन गरेर मात्र संविधान सभाको निर्वाचन गर्नु पर्नेमा जोड दिएका थिए ।
बैठकले पार्टीको केन्द्रीय सम्पर्क कार्यालय बुटवलमा स्थापना गर्ने निर्णय गरेको छ । सचिव तिल बहादुर झेडीको संचालनमा बैठक सम्पन्न भएको थियो । त्यसैगरी पार्टीको जनजागरण तथा प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पार्टीको वडा इकाई समिति वडा नं ११ को आयोजनामा जनजागरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा बोल्दैं पार्टीका संघीय परिषद् सदस्य दलबहादुर बिरकट्टाले संविधान सभाको निर्वाचनबाट नेपाली जनताको संविधान बन्ने कुनै ग्यारेन्टी नभएको बताउनु भएको छ । उहांले निर्दलीय रेग्मी सरकारले संविधान सभाको निर्वाचन गराउंनैं नसक्ने जिकिर गर्नुभयो ।
पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङले चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीले जिते मात्रै संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउंने दावी गर्नुभयो । झमबहादुर श्रीसको अध्यक्षता, सचिव योगेन्द्रबहादुर थापाको संचालन तथा केशरी गाहाको स्वागतमा भएको कार्यक्रममा संघीय सभा सदस्य जसमाया गुरुङ, राष्ट्रिय भूपू सैनिक संगठन, रुपन्देहीका अध्यक्ष भीमबहादुर राना, महिला मोर्चा, रुपन्देहीकी अध्यक्ष धनी आले, क्षेत्र नं ४ का अध्यक्ष वर्णबहादुर राना, नगर अध्यक्ष नरसिंह काउचा, सल्लाहकार बद्धिप्रसाद राना लगायतले बोल्नु भएको थियो
