पूर्व मन्त्री खपाङ्गीलाई मलेशियाबाट आथिर्क सहयोग

Read Time:2 Minute, 31 Second

प्रवासी मगर संघ मलेशियाको सक्रियतामा गोरे बहादुर खपाङ्गीको उपचारको लागि नेपाली रुपिया ३५,५००।–रुपिया सहयोग प्रदान गरिएको छ ।
उपचार समितीका सदस्य राम अस्लामी मगरको सक्रियतामा एक बैठक बसी आर्थिक संकलन गरिएको थियो ।
मोटरसाईकलको ठक्करबाट गंभिरघाइते भई काठमाण्डौ अस्पतालमा उपचार गराई रहनु भएका नेपाल मगर संघका पुर्व अध्यक्ष गोरबहादुर खपाङगीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । खपाङीको स्वास्थ्यमा थप समस्या देखिए पछि वहाँको टाउकोको दोस्रो पटक सल्याक्रिया गरी पाईपबाट पानी निकाल्ने काम भएको छ । उहाँ आइसियुबाट अहिले सामान्य वार्ड राखिएको उहाँकोछोरी ज्वाइ चन्दबहादुर थापा मगरले जानकारी दिए । खपाङीको सामान्य सुधार भएपनि खतरामुक्त नभएको कारण जिवन मरणको दोसाँधमा हुनु हुन्छ । उपचारको खर्च धान्न सक्ने अवस्था नभएको कारण शुभचिन्तक सवैबाट आर्थिक सहयोग उठाउने  कार्य गोरे बहादुर खपाङ्गी उपचार सहयोग समितिले पहल गरेको थियो । खपाङीलाई आथिर्क सहयोग को लागि मगर संघ मलेशिया केन्द्रीय कमिटिको पहलमा आर्थिक सहयोग जुटाउने कार्य भएको जानकारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र राना मगरले जानकारी गराउनु भएको थियो । यस कार्यमा सहयोग पुराउने संस्था सल्यान प्रवासी सेवा समाज र एस् एन बि गुप्रका निर्देशक विश्व राई लगायत सम्पूर्ण साथीहरुलाई सहयोग समितीको हार्दिक धन्यवाद प्रकट गर्दछौं । साथै उक्त सहयोग रकम मगर संघ मलेशियाका अध्यक्ष सुन्दर आले मगरले उहाँका छोरीज्वाइ चन्द्र बहादुर थापा मगरको हातमा हस्तान्त्रण गरिएको थियो । खपाङ्गी मगरलाई थप सहयोग आउने क्रम जारी भएको समितीका सदस्य राम अस्लामीले जानकारी दिनु भयो ।

Ram aslami Magar

Malasia

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %