काठमाडौं २२ जेठ, तामाङ मासिक पत्रिका छार गोङमाको १० औं वार्षिकोत्सवको अवसरमा स्थापना गरिएको पुरस्कार नेपाल टेलिभिजन एनटीभी प्लसका साप्ताहिक कार्यक्रम म्हेन्दोलो फोले तामाङ भाषाको कार्यक्रमका निर्माता, निर्देशक तथा प्रस्तोता सुनिल लामा दोङलाई प्रदान गरिएको छ ।
तामाङ समुदायको भाषा, इतिहास, संस्कृति, साहित्य लगायत जातीय पहिचानका, सामग्रीहरू अभिलेखीकरण गर्ने तथा तामाङ तथा गैर तामाङ समुदायमा पुर्रयाएर प्रचार गर्ने उद्देश्यले प्रकाशन गरिएको उक्त पत्रिकाको प्रकाशन २०६५ सालबाट शुरु भएको उक्त पत्रिकाका सम्पादक तथा प्रकाशक प्रतीक तामाङले बताउनुभयो ।
बार्षिकउत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रेस यूनियनका अध्यक्ष बोर्णबहादुर कार्कीले दोङलाई पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कारको रासी १० हजार रहेको थियो । कार्यक्रममा पूर्वमन्त्री सूर्यमान दोङ, बैदेशिक रोजगार संघका अध्यक्ष बलबहादुर तामाङ लयागतको उपस्थिती रहेको थियो ।
