तानसेन बन्यो प्लाष्टिक झोला मुक्त नगरपालिका

Read Time:2 Minute, 51 Second

देब पचभैया, पाल्पा, जेठ २२, विश्व वातावरण दिवसको अवसर पारेर पाल्पाको तानसेन नगरपालिकालाई प्लाष्टिक झोला मुक्त नगरपालिका घोषणा गरिएको छ । पर्यटकीय नगर तानसेनलाई सफा सुग्घर राख्ने उद्देश्यले बुधबार एक कार्यक्रमको आयोजना गरी तानसेन नगरलाई प्लाष्टिकको झोला रहित नगर घोषणा गरिएको हो ।
 
तानसेन नगरपालिकाले आयोजना भएको कार्यक्रममा जिल्लामा क्रियाशील सात राजनीतिक दलका प्रमुख, उद्योग बाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला प्रहरी कार्यलय, नेपाली सेनाको चण्डी प्रसाद गण, तानसेन नगरपालिका,  उपभोक्ता हित संरक्षण मञ्च, नागरिक समाज लगायतले तानसेन नगरलाई प्लाष्टिक झोला मुक्त नगर बनाउन प्रतिबद्धता जनाएका छन् । प्लाष्टिकको झोलाको प्रयोगले जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने, फोहोर मैला व्यवस्थापनमा पनि असर पर्ने भएकाले तानसेन नगरलाई प्लाष्टिक झोला मुक्त नगर घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
 
तानसेनलाई सफा सुग्घर राख्नका लागि सुरु भएको कार्यलाई सहयोग गरिदिन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराईले सबैमा आग्रह पनि गर्नु भएको छ । प्लाष्टिकमुक्त शहर बनाउन माईकिङ् गर्ने, जनतालाई सचेत बनाउने, अनुगमन गर्नेलगायतका कार्य भएको उहाँले जानकारी दिनु भयो । कार्यकारी अधिकृत भट्टराईका अनुसार प्लाष्टिक झोलाको विकल्पमा जुट÷कागज÷कपडाको झोला प्रयोग गर्नुपर्नेछ । मासु र दुधको लागि मात्र सेतो पारदर्शी प्लाष्टिकको थुंगा प्रयोग गर्न पाइने र क्रमशः यसको पनि विकल्प खोज्दै जाने उहाँले बताउनु भयो ।
 
प्लाष्टिकको झोला मुक्त नगर घोषणाका अवसरमा निकालिएको ¥यालीमा जिल्ला स्थित विभिन्न राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न सघंसस्ंथाका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न टोलविकास संस्था, विद्यार्थी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %