महिलामाथि चक्रभ्यू रच्ने पुरुषबादी सोंचमा परिवर्तन गर

Read Time:15 Minute, 5 Second

दीपा आले, नेपालगन्ज

रर्वट ग्रिनले भनेका छन् —यदि तपाई कुनै काममा सफलता मिल्छ भन्ने कुरा विश्वास छैन भने त्यो गर्ने कोसिस नगर्नुहोस । तपाईको शंका र उपशंकाले यसको सफलतामा बाधा गर्ने छन् । संकोच खतरनाक कुरा हो । असल कुरो यो हो कि बहादुरीका साथ मैदानमा उत्रिउँ । साहसिक गल्तीहरुलाई बढी साहस देखाएर सुधार्न सकिन्छ । हरेक ब्यक्तिले बहादुर ब्यक्तिको प्रशंसा गर्छ । कसैले पनि कायरको सम्मान गर्दैन । त्यसैले ग्रिनले भने झै बहादुरीका साथ काम गर्न उत्रिनुहोस् भन्ने उक्तिलाई हामी मानवजातीले आफ्नो ब्यक्तिगत जीवन संघर्षमा उर्तान सक्नुपर्छ ।
 यो संसारमा मानिसले चाहयो भने असम्भव भन्ने कुरा केही छैन यसलाई विज्ञानले पनि प्रमाणित गरि सकेको अवस्था छ । आजको २१ औं सताब्दीको विज्ञानको युग हेरेर पनि केही बुझ्न सकिन्छ । भन्नुको तात्पर्य के हो भने आज पनि हाम्रो समाजमा महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने गरेको पाईन्छ । महिला र पुरुषले गर्ने काम र पारिश्रमिकमा भिन्नता पाईन्छ । जसले गर्दा महिलाले जति नै बहादुरीका साथ काम गरे पनि यो पुरुषप्रधान समाजले महिलाको प्रतिभालाई आत्मा साथ गर्न सकिरहेको अवस्था छैन । त्यति मात्र होइन आजको २१ औं शताब्दीको बैज्ञानिक युगमा आइसक्दा समेत महिला दोस्रो दर्जाको विल्ला भेर्नु परेको यर्थात हाम्रो समाजमा छरप्रस्ट छ । । जसको पीडा महिला तथा बालबालिकाले भोग्नु परेको छ । तर यसको असर महिला र बालबालिकाले मात्र होइन स्यम पुरुषले पनि भोग्नु परेको पीडा भने भित्रभित्रै गुम्साईएको छ ।
 आज विश्वमा नेपाली महिलाहरुले खेलकुदको माध्यमबाट आफ्नो बहादुरीता देखाई सकेका छन् । पुरुषले पाउन नसकेको सफलता महिला खेलाडीहरुले पाउन सफल भएका छन् । जसको बाबजुत विश्वमा नेपाल र नेपाली भूमिको इज्जत बढेको छ । त्यो शान र ईज्जत हामी नेपाली र नेपालको हो भनेर बुझ्नु पर्दछ । नेपाली भूमि मात्र होइन विदेशी भूमिमा समेत नेपालको नाम राख्न सफल ति महिलाहरु कति सम्मको बहादुरी छन् भन्ने कुरा आज सम्म राज्यले बुझ्न नसकिरहेको विडम्वना छ । विश्वले नेपाली महिलाको पहिचानलाई उच्च मुल्यांकन गरिसक्दा समेत नेपालमा भने महिलाको ईमान्दारीता बहादुरीता र कार्यकुलतालाई सम्बोधन समेत गर्न नसकेको अवस्था छ । जसले गर्दा आज नेपालको ईतिहास विश्वमान चित्रमा लेखाउन सफल महिलाहरु खेलजगतमा मात्र होइन समाज र जनताको सेवामा अगुवा भन्दै बहादुरीता देखाउने महिलाहरु समेत ओझेलमा पर्दै गईरहेका छन् ।
 हेर्दा राज्य पक्षले महिला र पुरुषलाई समान सहभागिता देखाउन खोजेपनि बास्तविक रुपमा भन्नुपर्दा महिलाको कार्यशक्ति, कार्य कुशलता र आत्माशक्तिलाई ओझेलमा पारिएको छ । सदिंयौ देखि समाजले महिलालाई हेपाहाको दृष्टिकोणले हेर्ने गरेको हुंदा आज पनि समाजमा उनीहरुले उच्चसम्मान पाउन नसकेको अवस्था छ । घरको पारिवारीक बातावरण होस या त समाजमा हुने गरेको कामकाजको तवर तरिका होस् कामको बांटफांट भन्दा पहिला महिलाको शारीरिक कमजोरीपन र आत्मासम्मानलाई कमजोर बनाउने घोचपेच हुनेगर्छ जसले गर्दा महिलाहरु अगाडि बढ्नुको साटो झनै पछाडि पर्नुको यो पनि अर्को कारण हो ।
यति मात्र होइन १० वर्षे सशस्त्र द्वन्द्वमा समेत महिलाहरुले आफ्नो कार्यकुशलता प्रर्दशन गरेका थिए । उनीहरु पुरुष सरह मैदानमा उत्र्रिन पछि परेनन् । जसको परिणाम स्वरुप नेपाली जनताले चाहेको लोकतन्त्र गणतन्त्र मुलुकमा भित्रीएको छ । आज जति नै यो पुरुषप्रधान समाजमा लोकतन्त्र गणतन्त्र ल्याउन फूर्ति लगाएपनि विगतका ति सशस्त्र द्वन्द्वमा महिला र बालबालिकाको भूमिका कति सम्म थियो भन्ने कुरा एक पटक स्मरण गर्न जरुरी छ । तर त्यो समयमा महिलाले देखाएको बहादुरीता र साहसीकपनलाई आज विश्वले उच्च मूल्यांकन गरेको छ ।  त्यति मात्र होइन यदि महिलाले अवसर पाए भने आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक, लगायतका क्षेत्रमा पनि सफलता हात पारेका छन् तर त्यसलाई सहि मूल्यांकन गर्न नसक्नु यो पुरुषबादी समाज र सोंचमा भर पर्दछ । त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र पत्रकारिता जस्तो जोखिमपूर्ण क्षेत्रमा समेत महिलाहरुले आफ्नो बहादुरीपन देखाई समाज र राष्ट्र छविलाई माथि उठाएका छन् । जसको मूल्यांकन केहीहदसम्म नागरिक समाजले गरेतापनि शासन सत्तामा बस्नेहरुले भने बुझेर पनि बुच पचाई रहेका छन् । जसलेगर्दा अहिले पनि महिलाको खुवी र बहादुरीतालाई कायरता र कमजोरीपनको संज्ञा दिन पछि परेका छैनन् । मुखमा राम राम बगलीमा छुरा भने झै यसरी नै समाजमा महिलालाई शो पिसको रुपमा प्रस्तुती गरेको देख्न पाईन्छ । यो कुरा तपाई हामी सबैलाई थाहा भएको हो साथै महिला स्यंम यस्ता विषयमा भोक्तभोगी पनि नभएका होइनन् ।
 यसरी सरसर्ती महिलाको पक्षमा बास्तविक कुरा वकालत गरिराख्दा भने कतिपय पुरुषवादी सोंच भएकाहरुलाई खल्लोपन लाग्नु स्वभाविकै हो तर पनि यर्थातता र बास्तविकता सबैलाई थाहा भएकै कुरो हो । समाजमा सदियौदेखि चलिआएको उक्तिलाई स्मरण गर्दै सत्य र सांचो कुरा कहिल्यै मर्दैन एक दिन त्यो देखिएर नै छाड्छ भन्ने कुरामा हामी विश्वस्त हुने गर्दर्छौ यर्थात त्यही नै हो । भन्नुको तात्पर्य हाम्रो समाजमा आजको युग सम्म आई सक्दापनि किन महिलालाई हेपाहा र कायरताको उपनाम जोड्ने गर्दछ ? आज महिलाहरु घरको चुलोचौको देखि लिएर राष्ट्रको बागडोर समाल्न समेत पछि परेका छैनन् तर यि सबै कामको सफलताको उपलब्धी र सम्मान भने पुरुषबादी चिन्तन र सोंच भएकाले आफै कुम्लाउने गरेको तितो यर्थाथ हाम्रो सामु सर्ववित्तितै छ । यसमा मतभिनता गर्नु कुनै तुक छैन । तर महिलाको ईमान्दारीता, कुशलता र बौद्धिक ज्ञानलाई आत्मा साथ गर्दै महिला पुरुष एक सिक्काको दुई पाटा र एक रथका दुई पांग्रा हुन् भन्ने कुरालाई जसले बुझ्न सकेको छ त्यस्ता पुरुषबादी सोंच बोकेलाई भने धन्यवाद मात्र होइन उनीहरु यो समाजमा सम्मानीय व्यक्तिको रुपमा चिरपरिचित हुनेछन् । जसका कारण देश र जनताको विकासमा महत्वपूर्ण टेवा थपिनेछ । साथै पुरुषबादी समाजले अर्को कुरा के बुझ्न पर्दछ भने प्रत्येक मानिस यो समाजका फरक फरक क्षमता भएका चम्कीला तारा हुन् या त विशालरुपी ज्ञानका भण्डार हुन् त्यसभित्र महिला पुरुष जो सुकै पर्न सक्छ त्यति मात्र फरक हो जसले महिलाको क्षमता र शब्द भण्डारलाई बुझ्न नसक्नु ।
 आजको विज्ञानको युगमा महिलाहरुलाई कसैले कायरताको विल्ला विराउछ भने त्यसैमा सिमित हुनु भने हुंदैन । झन महिलाहरु एक जुट भएर आफ्ना शक्तिहरुलाई केन्द्रित गर्दै लक्ष्य प्राप्तीमा पुग्न निरन्तर लागि रहनु पर्छ जब सम्म यो समाजले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउंदैन । त्यसैले रर्वट ग्रिनले भने झै बहादुरीका साथ काम गर्न उत्रिनुहोस् भन्ने उक्तिलाई हामी महिलाले आफ्नो ब्यक्तिगत जीवन संघर्षमा उर्तान सक्नुपर्छ अनि मात्र जीवनमा सफलता पाउन सकिन्छ । महिलाको कडा संघर्ष र निरन्तरको खबरदारीलाई एक दिन यो समाजले आत्मासाथ गर्नै पर्छ । पुरुषबादी चिन्तन र सोंचले महिलालाई कमजोर शक्तिहिन छ भन्दैमा महिला उनीहरुको बकावमा लाग्नु हुंदैन । जसरी ईश्वरीय शक्तिले पुरुषको यस धर्तिमा जन्म दिएको छ त्यसरी नै महिलाको पनि जन्म भएको छ । दुवै जना महिला र पुरुषको शरीर हाड छाला र एकमुटी सासले बनेको छ । त्यसैले बर्षौदेखि महिलामाथि गरिएका दमन, हेपाहा प्रवृतिलाई हटाउन र यो समाजमा पुरुष सरह सम्मानजनक रुपमा बाँच्न पाउनको लागि महिलाले कडा भन्दा कडा सघर्ष गर्नु पर्दछ ताकि लडाईको मैदानमा बहादुरीताका साथ लड्न सक्नु पर्छ कायर भएर भाग्नु हुंदैन । दुःख आयो भन्दैमा आत्तिनु हुंदैन । धर्यताका साथ निरन्तर आफ्ना पाईलाहरु अगाडि बढाउदै लग्नु पर्दछ । एक दिन त्यो त्याग र योगदानको उच्च मूल्यांकन भएर छाड्नेछ । यसमा कुनै दुईमत छैन । 
 हुन त आजसम्म महिलाको लागि केही पनि भएको छैन भन्न खोजिएको होइन । महिलाका विषयमा केही भएका छन् तर बालकलाई ललिपप देखाए जस्तै भईरहेको छ । त्यस्ता तवरतरिकाले गर्दा महिलाहरु अहिले पनि आफ्नो कामको मूल्यांकन र स्याबासी पाउन नसकेको अवस्था हाम्रो सामु छर्लंग छ । तर जेहोस समयको परिवर्तन संगै विगत र हालको परिवेशमा महिलाको त्याग र योगदानको कदर हुंदै आईरहेको छ । यो त्याग र योगदानको कदर त्यतिकै भएको भने होइन यसमा ति महिलाहरुले सदियौं देखि गरेको साहसिक कार्यले गर्दा हो । त्यसकारण राज्यशक्तिमा बस्नेले समाजमा महिलाको पनि अस्तित्व छ भन्ने कुरा बुझि व्यवहारमा लागु गर्न पछि पर्नु हुंदैन । जहां नारीको सम्मान हुंदैन त्यहां ईश्वरले पनि बास गर्दैन भन्ने उक्तिलाई शक्ति हातमा लिएका शक्तिदाताहरुले बुझ्न अत्न्त जरुरी छ । महिलालाई कारयता र कमजोर ठान्ने पुरुषबादी चिन्तनलाई त्याग्नु सक्नुपर्छ । महिलालाई अवसर र जिम्मेवारी दिनु सक्नु पर्छ । त्यो अवसर र जिम्मेवारीले उसलाई आत्मबल बढाउदछ । किन कि समाजले महिलालाई कमजोर र कायर भएको उपनाम दिएको हुंदा आज पनि हाम्रो समाजमा महिलाहरु केही काम गर्न परयो भने म कमजोर छु भनेर आफूलाई कायर अनुभव गरेको पाईन्छ । यदाकता केही महिलाले आफ्नो चरित्रलाई बदनाम गरेतापनि त्यसको भागीदार महिला मात्र होइन स्यम पुरुषको पनि हात हुन्छ भन्ने कुरा हामी सबैले बुझेका छौ यसलाई बजारीकरण गर्नु कुनै तुक छैन । किन कि अरुको बजारीकरण गर्नु भन्दा पहिला आफ्नो चरित्रलाई एक पटक झाक्नु पर्दछ । बुढापाकाहरु भन्ने गर्छन् पाप त्यतिकै दुरी बाट कराउदैन त्यो कराउनुमा पनि केही राज हुन्छ । त्यसकारण समाजमा महिला प्रति हेर्ने र बुझ्ने दृष्टिकोण र विचारलाई बलियो र आत्मबल बढाउने खालको सामाजिक सोंचको विकास गर्न जरुरी छ । अनि मात्र समाज र देशको विकास हुनेछ । होइन भने एकलौटी रुपमा जे गरेपनि हामी नै ठूलो हो । जे काम पनि हामीले नै गर्नु पर्छ भनेर पुरुषबादी सोंचको हावी लादिन्छ भने त्यसको विकल्प भनेको हात्ति आयो हात्ति आयो फुस्सा भने झै हुनेछ । त्यसको मार महिलाले मात्र होइन स्यंम राज्यसत्तामा बसेर चक्रभ्यू रच्ने पुरुषबादी चिन्तन र सोंच बनाउंदैे महिलामाथि दमन र हेपाहा दृष्टिले हेर्ने चक्रभ्यूदातानै एक दिन नराम्रो संग आफै चक्रभ्यूमा फस्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %