रुपन्देहीमा आदिवासी जनजातिको लागि जनसंख्या तथ्याङक संकलनका जिम्मेवारी

Read Time:2 Minute, 42 Second

गोविन्द घर्ति देवदह१७ जेष्ठ । रुपन्देहीमा आदिवासी जनजातिको जनसंख्या तथ्याङक संकलनका लागि जनजाति महासंघले सात वटैं क्षेत्रमा जिम्मेवारी तोकेको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देही र एकल जातीय संघ, संगठनका अध्यक्ष तथा प्रतिनिधिको सहभागीतामा बुटवलमा बसेको संयुक्त बैठकले जनसंख्या संकलनका लागि जिम्मेवारी तोकेको हो । जस अनुसार क्षेत्र नं मा दुरमान गुरुङलाई, क्षेत्र नं २ मा नन्दप्रसाद गुरुङ, तुल्सी चौधरी, क्षेत्र नं ३ मा राजु राना, तेजमान थापा, जयबहादुर छन्त्याल, चन्द्रभान चौधरी,क्ष् ोत्र नं ४ मा रामवली चौधरी, दिलबहादुर खाम्चा,चन्द्रबहादुर पुन, क्षेत्र नं ५ मा शेरबहादुर श्रीसलाई जिम्मेवारी दिईको छ । त्यस्तै क्षेत्र नं ६ र ७ मा जिल्ला समितिले आदिवासी जनजाति महासंघ,रुपन्देहीले नैं सम्पादन गर्ने जिम्मेवारी बैठकले दिएको अध्यक्ष शन्तराम चौधरीले जानकारी दिनुभयो । तथ्याङक संकलन अगाडि महासंघले बुटवलमा जेष्ठ २२ गते जनगणना सम्बन्धी एक दिने जनगणक तालिम दिने निर्णय गरेको छ । शन्तराम चौधरीको अध्यक्षता, आदिवासी जनजाति जिल्ला समन्वय समिति, रुपन्देहीका उपाध्यक्ष धनबहादुर गुरुङको प्रमुख आतिथ्यता र सचिव गंगा पुनको संचालनमा बैठक सम्पन्न भएको थियो । यसैबीच रुपन्देहीको पडसरीमा आज सम्पन्न भएको भेलाले नन्दप्रसाद गुरुङको संयोजकत्वमा १५ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ । भेला आदिवासी जनजाति जिल्ला समन्वय समिति, रुपन्देहीका उपाध्यक्ष धनबहादुर गुरुङको प्रमुख आतिथ्यता,आदिवासी जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष शन्तराम चौधरीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । भेलाले जेष्ठ २५ गते पडसरीमा बृहद भेला गर्ने निर्णय गरेको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %