गोविन्द घर्ति देवदह१७ जेठ । नेपाल मगर लेखक सघ लुम्बिनी अचल समितिले गणतन्त्र दिबसको अवसरमा मगर भाषा साहित्यमा योगदान पुराउनेलाई एक समारोहका बिच सम्मान गरिएको छ । सम्मानित हुनेमा साहित्यकार उमेश थापा लाटोमगर, हरिता थापा मगर र अबिन सारु मगर रहेका छन । त्यसैगरी मगर भाषा पाठ्यक्रम तयार पार्नुहुने दल बहादुर बिरकट्टा मगर, मगर भाषाका प्रथम कथाकार टक बहादुर सारु मगर र मगर भाषामा शिक्षा पठन पाठन गराउने नव जागृती स्कुल धैरेनी पाल्लालाई पनि सम्मान गरिएको थियो । प्रा डा केशरजग बराल मगरको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा नेपाल मगर सघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष बसन्त घति र्मगर, नेपाल मगर लेखक सघका अध्यक्ष कर्ण बहादुर बुढा मगर, सस्थापक अध्यक्ष नारायण तारुङख मगर, बिष्णु सिजाली मगर, हेमा आले, यमुना सारु, पूर्ण राना लगायतले मगर भाषा साहित्यका बारेमा बोलेका थिए ।
