कर्मचारीकै मिलेमतोमा भारतीयलाई नागरिकता

Read Time:2 Minute, 33 Second

नवलपरासी, जेठ १७

कर्मचारीकै कमजोरीका कारण सरफुद्धिन मुसलमानले नक्कली बाबु बनि पांच जनालाई नागरिकता दिलाउन सफल भएको जिल्ला प्रशासन कार्यालय नवलपरासीमा बुझाएको छानविन प्रतिवेदनमा उल्लेख गरिएकोछ ।

नक्कली सिफारिस वनाएर पांच जनाले नागरिकता लिएको भन्दै सनई गाविसका सचिव गोकुल गिरीले प्रशासनमा उजुरी हालेपछि कार्यालयले प्रशासकिय अधिकृत यम बहादुर कुवरको संयोजकत्वमा छानविन प्रतिवेदन पेश गर्न समिति वनाएको थियो । सचिव गिरीले आफ्नो हस्ताक्षर,गाविसको लेटर प्याड,छाप लगाएत सम्पूर्ण कागज पत्र नक्कली वनाएर नागरिकता लिएको भन्दै प्रशासनमा उजुरी हालेका थिए ।

नक्कली सिफारिसमा पांच जनाले नागरिकता लिएको र अन्यले पनि नागरिकता लिएको हुन सक्ने भन्दै दैनिक जसो समाचार प्रकाशित भएपछि हाल सम्म ८ जनाले नागरिकता लिएको भन्दै अदालतमा मुद्धा चलेकोछ । आठ जना बाहेक अन्यले पनि नागरिकता लिएको हुन सक्ने भन्दै अनुसन्धान भईरहेको जिल्ला न्यायाधिवक्ता खड्क बहादुर खड्काले बताउनुभयो ।

छानविन समितिले कर्मचारीहरुको कमजोरीका कारण किर्ते सिफारिसमा नागरिकता दिलाएको जनाए पनि नागरिकता प्रदान गर्ने अधिकारीलाई भने अहिले सम्म कुनै कारबाही हुन सकेको छैन । किर्ते कागज पेश गरि जिल्ला प्रशासनका कर्मचारीहरुको मिलमतोमा २०६९ साउन ४ गते दुई जना र मंसिर २१ गते तिन जना गरि पांच जना व्यक्तिलाई  सरफुद्धिनको छोरा वनाएर नागरिकता दिएको उजुरी परेकोछ । सरफुद्धिनले सनई—७ वाट नक्कली कागज पत्र वनाएर नागरिकता दिलाएका हुन ।

पांचै जनालाई नागरिकता जारी गर्ने अधिकारी ओमप्रसाद पाण्डेलाई अहिले पनि नागरिकता फांटको जिम्मेवारी दिएर प्रशासनले नागरिकताको काम गराई रहेकोछ ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %