सुनवलमा अबैध धन्दा : प्रशासन, जिबिस र प्रहरीको मिलेमतो

Read Time:3 Minute, 47 Second

देब पचभैया, पाल्पा जेष्ठ १६

चुरे क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने गरि नवलपरासीको सुनवल स्थित तुरिया खोला वाट अवैध रुपमा ढुगां गिट्टी र वालुवा विदेश निकासी भईरहेको भन्दै संरक्षणका लागि स्थानियवासीहरुले आन्दोलनको घोषणा गरेकाछन् । अवैध रुपमा भईरहेको ढुंगा गिट्टि र बालुवा उत्खनन वन्द गराउन पटक पटक माग गरेपनि  सम्बन्धित निकायले चासो नदेखाएपछि चुरे क्षेत्र संरक्षणका लागि भन्दै उनिहरुले आन्दोलनको घोषणा गरेका हुन ।

राष्ट्रपति डा. रामवरण यादवले चुरे संरक्षण कार्यक्रमलाई सफल वनाउन सम्बद्ध निकायलाई आग्रह गरिरहेका बेला जिल्ला विकास समिति,जिल्ला प्रशासन र प्रहरीको मिलमतोमा तुरियाखोला वाट भईरहेको अवैध खोलाजन्य वस्तु निकासीले उक्त कार्यक्रमलाई अवज्ञा गरेको स्थानियवासीले ठहर गरेकाछन् । खोलाजन्य वस्तु निकासीले सुनवल र स्वाठी गाविस कटानको जोखिममा परेको भन्दै चुरे क्षेत्र संरक्षणका लागि नदि स्वच्छ राखौ हरियाली र चुरे पहाड बचाउ भन्ने नारा लिएर आन्दोलनको घोषणा गरेको स्थानियवासी एंव महिला अगुवा मनसोवा पाण्डेले जानकारी दिनुभयो ।

खोला वाट पांच पांच वटा एक्साभेटर लगाएर खोलाजन्य वस्तु निकालिए पनि सम्बन्धित निकाय मौन रहेको बताउदै पाण्डेले पछिल्लो पटक क्रेसर उद्योगनै सञ्चालन गरेर विदेश निकासी भईरहेका बताउनुभयो । चुरे क्षेत्र संरक्षणका लागि खोला वाट भईरहेको खोलाजन्य वस्तु निकासीमा रोक लगाउन प्रहरी प्रशासनमा डेलिकेशन जादा पनि सुनुवाई नभएकाले आन्दोलन गनर््परेको स्थानिवासीहरुको भनाईछ । खोलाजन्य वस्त्को निकासी वन्द नगरी उल्टै क्रेसर उद्योगनै सञ्चालन भएपछि स्थानियवासीहरुले लौकेश्वर तुरिया नदी नियन्त्रण उपभोक्ता समिति गठन गरेर अँन्दोलनको घोषणा गरेका हुन । स्थानिय विष्णु प्रसाद पौडेलको अध्यक्षतामा समिति गठन गरिएकोछ ।

क्रेसर उद्योग नै राखेर ऐक्साभेटर मार्फत खोलाजन्य वस्तु निकाल्दा वर्षायाममा सुनवल र स्वाठी गाविस कटानको चपेटा पर्दै गएको समितिका अध्यक्ष पौडेलले बताउनुभयो । उता जिविस नवलपरासीले रुपन्देहीको सुनौलि नाका हुदै विदेश निकासीका लागि ढुगां गिट्टिको ठेक्का लगाएकोले पनि जिल्लाका चुरे संरक्षित खोलाहरु वाट दिन प्रतिदिन खोलाजन्य वस्तुको उत्खनन बढकोछ । आर्थिक प्रलोभन सहित केहि मधेशवादी राजनीतिक दलहरुको दबाबमा जिविसले टेण्डर नै आव्हान नगरि अमानतमा विदेश निकासीका लागि ठेक्का दिएको भन्दै स्थानियस्तर वाट समेत चर्को विरोध आएकोछ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %