सुर्खेतमा बुद्धको मूर्ति स्थापना गर्ने क्रममा प्रहरी हस्तक्षेप, आदिवासीहरुको सांस्कृतिक अधिकारको उल्लंघन

Read Time:3 Minute, 20 Second

बैशाख १४, सुर्खेत जिल्लाको संरक्षित वन क्षेत्रमा अवस्थित काँक्रेविहारमा बुद्धको मूर्ति स्थापना गर्ने क्रममा भएको प्रहरी हस्तक्षेपको घटनाप्रति नेपालका आदिवासीहरुको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप)को गम्भीर ध्यानाकर्षण भएको बताएको छ  । उक्त घटनाबाट स्थानीय बौद्ध अनुयायी आदिवासीहरुको सामाजिक र सांस्कृतिक अधिकारको गम्भीर उल्लंघन भएको लाहुर्निपको ठहर छ ।
नेपाल आदिवासी जनजाति महासंघको जिल्ला समन्वय परिषद्बाट प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालयसँग काँक्रेविहारमा १८ फिट अग्लो बुद्धको मूर्ति स्थापना गर्ने पूर्व सहमति भएअनुरुप नै बौद्ध अनुयायी आदिवासी र स्थानीय समुदायहरुले २५५७ औँ बुद्ध जयन्तीको अवसरमा उक्त विहारमा मूर्ति स्थापना गर्न जाने क्रममा थिए । प्रहरीले संरक्षित वनमा रहेको विहारमा मूर्ति स्थापना गर्न सरकारले निर्णय गर्नुपर्ने भन्दै एक्कासि अवरोध गरेको थियो ।
प्रहरीले बौद्ध अनुयायीहरुमाथि निर्ममरुपमा लाठी चार्ज गरेको र बुद्धको मूर्तिसमेत कब्जा गरी क्षति पुर्रयाएर अश्रुग्याँस प्रहार गर्दा झडपमा १७ बौद्ध अनुयायी आदिवासी र स्थानीय जनता र ४ प्रहरी घाइते भएका छन् । लाहुर्निप उक्त घटनाको तत्काल र निष्पक्ष छानविन गरी घाइतेहरुको निशुल्क उपचारको लागि माग गरिएको छ । उक्त विहारमा बुद्धको मूर्ति स्थापनार्थ आदिवासी र स्थानीय समुदाय र स्थानीय निकायहरुबीच संवाद गराउन पनि लाहुर्निप सरकारलाई अपिल गरेको छ ।
नेपालको अन्तरिम संविधान २०६३ अनुसार “नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य राज्य हो ।” यद्यपि, आदिवासी र गैर–हिन्दु समुदायका सांस्कृतिक र आध्यात्मिक विधिहरुको स्वतन्त्ररुपमा अभ्यास गर्न निषेध गर्ने सुर्खेतको घटना र गौहत्यामाथि कानुनी बन्देजजस्ता प्रावधानहरुले नेपाल राज्यको धर्म निरपेक्षतालाई गम्भीर चुनौती दिएको छ । नेपालका सम्पूर्ण धर्म र आस्थाहरुको कानुन र अभ्यासमा समान सम्मान सुनिश्चित गर्न लाहुर्निप राज्यसँग जोडदार माग गरेको छ ।  
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %